शनिबार, जेठ ५
०५:४६

कोरोना संक्रमित विरामीको उपचारका लागि सहकारीद्वारा अस्पताललाई नगद सहयोग 

मंगलबार, जेठ ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । मोरङ उर्लाबारीका दुई बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमित विरामीहरुको उपचार सहयोगार्थ आज स्थानीय अस्पताललाई नगद सहयोग गरेका छन् ।

मोरङको उर्लाबारी स्थित सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लि. र हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. ले उर्लाबारी नगरपालिका ३, मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचाररत कोरोना संक्रमित विरामीहरुको खाना तथा अन्य व्यवस्थापनका लागि २०/२० हजार नगद सहयोग गरेका हुन् ।

सुनपकुवा स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था का व्यवस्थापक राजकुमार बरालले कोरोना संक्रमित विरामीहरुको उपचारका क्रममा अस्पताललाई आर्थिक समस्या आइपरेको भन्दै सहयोग मागेपछि स्थानीय सहकारी संघ संस्था र स्थानीय समुदायबाटै सहयोग रकम जुटाउने काम भएको जानकारी दिनुभयो । अस्पतालको कोभिड वार्डमा हाल १२ वटा आइसोलेसन बेड छन् । विरामीले आइसोलेसन वार्ड का सबै बेड भरिएका छन् भने ती मध्ये कतिपय केसहरु जटिल पनि छन् । उहाँले भन्नुभयो, “स्थानीय अपस्ताल, जसमा उपचारका लागि समुदायकै र सहकारीका सदस्यहरु पनि हुनुहुन्छ, अस्पतालले आर्थिक सहयोग मागेपछि स्थानीयहरु पनि सक्दो सहयोगमा जुट्नुभएको छ ।” समुदायस्तरबाटै हिजो मात्रै अस्पताललाई ५० थान कोरोना परीक्षण किट खरिदका लागि सहयोग भएको पनि उहाँले उल्लेख गर्नुभयो ।    

उहाँले अस्पतालमा भर्ना हुनु भएका तथा होम आइसोलेसनमा रहनु भएका सेयर सदस्यहरुलाई सहकारीको तर्फबाट सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र