आईतबार, वैशाख २३
०८:५२

बाँके जिल्ला सहकारी अभियानको १० बुँदे निर्णय

मंगलबार, जेठ ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बाँके  जिल्ला सहकारी संघ बाँकेले अस्थायी अक्सिजन बैंक संचालन गर्ने भएको छ । संघले अक्सिजन अभावलाई मध्यनजर गर्दै अस्थायी अक्सिजन बैंक संचालन गर्न समिति समेत बनाएको छ । संघको संयोजनमा आज लुम्बिनी प्रदेश निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, राष्ट्रिय सहकारी बैंक लि. का संचालक विजया धिताल, केन्द्रिय कृषि सहकारी संघका संचालक देव बहादुर के.सी., जिल्ला स्थित विषयगत सहकारी सघहरुका पदाधिकारीहरु, प्रारम्भिक सहकारी सस्थाका अध्यक्ष तथा व्यवस्थापकहरुबीच सम्पन्न सहकारी अभियानको संयुक्त भर्चुअल छलफल तथा अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझावका आधारमा विभिन्न १० बुँदे निर्णय गरिएको हो । बैठकले अस्थायी अक्सिजन बैंक संचालन गर्न बिन्दा खरेलको संयोजकत्वमा विष्णु रिमाल र अम्बिका काफ्ले सदस्य रहेको समितिलाई जिम्मेवारी तोकेको छ ।

आजको बैठकले जिल्ला स्थित सम्पूर्ण सहकारी संघ, संस्था, सहकारी कर्मीहरुको सहयोगमा १५ लाख रुपैयाको विपत व्यवस्थापन कोष समेत स्थापना गर्ने काम अघि बढाउन ५ सदस्यीय उपसमिति गठन गरेको छ । उक्त कार्य गर्न मिना सिग्देलको संयोजकत्वमा प्रकाश ज्ञवाली, बल बहादुर खड्का, एकता शाह र वसन्ती सुनार सदस्य रहेको समिति निर्माण गरेको छ ।

त्यसैगरी सबै सहकारी संघ संस्थाका संचालक तथा कर्मचारीहरुको म्यादी बिमा गर्ने गराउने निर्णय भएको छ भने कोरोना संक्रिमत सदस्यहरुको उद्धार गर्न अस्थायी एम्बुलेन्स सेवा संचालन गर्न खड्क बहादुर वलीको संयोजकत्वमा लोकेन्द्र बहादुर चन्द र दिपक कुमार बि।सी। सदस्य रहेको उपसमिति पनि गठन गरेको छ ।

जिल्लाको सहकारीहरुको सहभागितामा विशिष्टिकृत संघ मोडेलमा अक्सिजन कम्पनी स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने गरी प्रेम प्रसाद सुवेदीको संयोजकत्वमा देव बहादुर के।सी।, विजया धिताल, भुपेन्द्र अधिकारी र विष्णु रिमाल सदस्य रहेकोे उपसमिति गठन गर्ने निर्णय भएको जनाइएको छ ।

संक्रमित सदस्यहरुले बाँके जिल्ला भर प्रेम प्रसाद सुवेदी, बैजनाथ गाउँपालिका भर एकता शाह, नेपालगंज उपमहानगरपालिका र डुडुवा गाउँ पालिका कालागि प्रकाश ज्ञवाली, कोहलपुर नगरपालिकाका लागि बल बहादुर खड्का, तोकीएको छ । त्यसैगरी राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका कालागि जमान सिंह वली, खजुरा गाउँपालिका कालागि खड्क बहादुर वली र जानकी गाउँपालिका कालागि नन्दकुमार गडरिया सम्र्पक व्यक्ति चयन गरिएको जनाइएको छ ।

त्यसैगरी  जिल्लाका स्थानिय तहसँग समन्वय गरी सहकारी कर्मीहरुलाई कोभिड विरुद्धको खोप लगाउन प्रबन्ध गर्ने निर्णय पनि भएको छ । कोभिड संक्रमित सदस्यहरुलाई नेपालगंज मेडिकल कलेज, कोहलपुर अस्पताल र भेरी अञ्चल अस्पतालमा प्रविधिमा आधारित हेल्प डेस्क स्थापना गर्न पहल गर्ने निर्णय भएको जनाइएको छ ।

कृषि, उत्पादन, प्रशोधन तथा उपभोक्ता सहकारीहरुले स्वास्थ्य मापदण्ड पुरा गरी स्थानिय सरकार र प्रशासनको समन्वयमा नियमित कार्य संचालन गर्ने, बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुले भौगोलिक अवस्था र सदस्यको आवश्यकता अनुसार कार्य संचालन गर्ने र सदस्यहरु सँगको सम्बन्धलाई थप प्रगाढ बनाउन संघले अपिल गरेको छ ।

तरलता व्यवस्थापनको लागि जिल्ला सहकारी संघले प्रत्यक्ष सहयोग गर्ने साथै राष्ट्रिय सहकारी बैंक र नेफस्कूनलाई तरलता व्यवस्थापनको लागी अनुरोध गर्ने निर्णय भएको अध्यक्ष सुवेदीले बताए । त्यसैगरी जिल्लाको सबै स्थानिय तहहरुमा सम्पर्क व्यक्ति तोकिएको बताए ।

संक्रमित सदस्यहरुले बाँके जिल्ला भर प्रेम प्रसाद सुवेदी, बैजनाथ गाउँपालिका भर एकता शाह, नेपालगंज उपमहानगरपालिका र डुडुवा गाउँ पालिका कालागि प्रकाश ज्ञवाली, कोहलपुर नगरपालिकाका लागि बल बहादुर खड्का, तोकीएको छ । त्यसैगरी राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका कालागि जमान सिंह वली, खजुरा गाउँपालिका कालागि खड्क बहादुर वली र जानकी गाउँपालिका का लागि नन्दकुमार गडरिया सम्पर्क व्यक्ति चयन गरिएको जनाइएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र