आईतबार, वैशाख २३
०२:१२

झापाको सहकारी अभियानद्वारा कोभिड नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग

आईतबार, जेठ २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

झापा । जिल्लाको सहकारी अभियानको अगुवाइमा आज (२०७८/०२/०२)  कोरोना महामारी नियन्त्रण सहजीकरण का लागि प्रमुख जिल्ला अधिकारीमार्फत  ६ लाख बराबरको स्वास्थ्य सामग्री हस्तारण भएको छ । जिल्लाको सहकारी अभियान अन्तर्गत झापा जिल्ला बचत तथा ऋण सहकारी संघ लि., जिल्ला सहकारी संघ लि. झापा र साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को समन्वयमा अभियान कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोगमा जुटेको हो । 

नेफ्स्कूनका सञ्चालक एवम् जिल्ला बचत संघ झापाका अध्यक्ष घनश्याम अधिकारी, राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल र राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् साहारा नेपाल साकोस का सचिव महेन्द्र गिरीको संयोजकत्वमा जिल्ला सहकारी संघको ब्यानरमा सहयोग संकलन कार्यक्रम शुरु गरिएको जिल्ला बचत संघका अध्यक्ष घनश्याम अधिकारीले जानकारी दिनुभयो । जिल्लाभरकै सहकारी अभियानबाट रकम संकलन को शुरुवात भएको छ, उहाँले भन्नुभयो, “आज पहिलो चरणमा नेपाली सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरी तीन वटै समुहलाई २/२ लाख बराबरको पि पि इ सेट, फेससिल्ड, मास्क, स्यानिटाइजर र हेन्ड ग्लोब्स् गरि ६ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण भएको छ ।” यो वाहेक पनि २५ लाखको एक्सरे मेसिन र ५ लाखको सञ्चालन खर्च गरी कुल ३० लाखको निमोनिया परीक्षण गर्ने एक्सरे मेसिन खरिदका लागि कोटेशन आब्हान भईसकेको अध्यक्ष घनश्याम अधिकारीले जानकारी दिनुभयो ।
 
महामारीका समयमा समुदायमा परेको समस्या समाधानका लागि सहकारी अभियान पनि सँगै छ भन्ने अभिप्रायका साथ सहयोग संकलनको कार्यमा जुटेका छौं । जिल्लाको सहकारी अभियानमा सम्पूर्ण सदस्य संस्थाहरु सहकारीको समाजप्रतिको उत्तरदायित्व वहन गर्ने अभियानमा ऐक्यबद्ध हुनुहुन्छ ।  

पहिलो चरणको कोरोना महामारीमा गत साल झापा जिल्लाको सहकारी अभियान मार्फत नेपाल सरकार स्थानीय तहको राहत कोषमा नगद र जिन्सी गरी करिब ४ करोड बराबरको राहत सामग्री सहयोग गरिएको उहाँले स्मरण गर्नुभयो । त्यसैगरी गत साल नै जिल्लाको सहकारी अभियान, स्थानीय कनकाई नगरपालिका र मेची अञ्चल अस्पतालको समन्वयमा १ करोड ५० लाखको लागतमा कन्काईमाई कोटीहोम मा कोभिड परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको र जसबाट अहिले पनि दैनिक २ सय भन्दा बढी कोभिड संम्भावित विरामीहरुको कोरोना भाइरस ल्याब परीक्षणको काम भइरहेको उहाँले बताउनुभयो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र