आईतबार, जेठ ६
०६:३४

भक्तपुर बचत संघले कोरोना नियन्त्रणमा स्थानीय सरकारलाई सहयोग गर्ने

आईतबार, जेठ २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । भक्तपुर जिल्ला बचत संघले कोरोना महामारीको समयमा स्थानीय सरकारलाई आर्थिक सहयोग गर्ने भएको छ । त्यसका लागि जिल्ला बचत संघले साढे २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय करिब एक साता अघि गरिसकेको अध्यक्ष कृष्ण गोविन्द लाखाजुले जानकारी गराउनुभयो । ‘जिल्लाका ४ वटै नगरपालिकालाई सहयोग गर्ने सोच बनाएका छौं, ’उहाँले भन्नुभयो, ‘त्यससम्बन्धी निर्णय भैसकेको छ, अब कुन नगरपालिकालाई कति आवश्यक छ भन्ने छलफल गरेर चाँडै सहयोग गर्छौ ।’

भक्तपुर जिल्ला बचत संघको पहलमा कोभिड १९ महामारीको पहिलो चरणका समयमा करिब ६ महिनाअघि पनि जिल्लाका सहकारीहरुले ४५ लाख रुपैयाँ भन्दा बढीको सहयोग स्थानीय निकायहरुलाई गरेको अध्यक्ष लाखाजुले स्मरण गर्नुभयो । ‘समुदायलाई पर्दा सहयोग गर्नु मानवीय कर्तव्य मात्र होइन सहकारी धर्म पनि हो, ’अध्यक्ष लाखाजूले भन्नुभयो, ‘आज यही विषयमा भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनील प्रजापति लगायतसँग अनौपचारिक छलफल गर्दैछु ।’

थप सहयोगका लागि पनि जिल्लास्थित सदस्य संस्थाहरुसँग छलफल भैरहेको बताउँदै लाखाजुले अस्पतालमहरुमा भेन्टिलेटर, अक्सिजन, आइसोलेसन सेन्टर आदि व्यवस्थाको लागि हात बढाउन तयार रहेको उल्लेख गर्नुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र