बिहीबार, वैशाख २७
०४:०९

रौतहट जिल्ला बचत संघद्वारा स्थानीय सरकारलाई औषधि सहयोग

आईतबार, वैशाख २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रौतहट । मुलुकलाई संकट परेको बेला सरकार र नागरिकहरुलाई साथ दिन सहकारीहरु पछि पर्दैनन् । यसको पछिल्लो उदाहरण प्रदेश नं २ को रौतटहस्थित जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले प्रस्तुत गरेको छ । रौतहट बचत तथा ऋण सहकारी संघ लि.ले चन्द्रपुर नगरपालिकालाई सो नगरपालिकाले संचालनमा ल्याएको आईसोलेसनमा बस्ने कोरोना संक्रमित बिरामीहरुका लागी आबश्यक औषधिहरु सहयोग गरेको छ ।

हिजो एक औपचारिक कार्यक्रम गर्दै संघले नगरप्रमुख रामचन्द्र चौधरीलाई आवश्यक औषधिहरु सहयोग गरेको संघकी अध्यक्ष देबकी नेपालले जानकारी गराउनुभयो । चन्द्रनिगाहपुरमा भएको हस्तान्तरण कार्यक्रममा संघका पदाधिकारीहरु तथा चन्द्रपुुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधान लगायत केहीको उपस्थिति रहेको थियो । संघमा आबद्ध बिभिन्न सहकारी संस्थाहरुको सहयोगबाट संघले कोरोना अस्थायी अस्पताल आईसोलेसनलाई १ लाख १० हजार बराबरको अ‍ौषधि तथा पानी सहयोग गरेको अध्यक्ष नेपालले बताउनुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र