शनिबार, जेठ ५
०४:४१

‘प्रविधिको  प्रयोग बढाऔं’

बिहीबार, वैशाख २३
राधा पौडेल
saccosaawaj

तीब्र रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड १९ का कारण कायम रहेको निषेधाज्ञाको अवधिमा सहकारीहरुले अत्यावश्यक सेवाका लागि सीमित कर्मचारी व्यवस्थापन, कार्यालय समय संकूचन सँगै प्रविधि प्रयोगलाई जोड दिएका छन् । विद्यमान जोखिमयुक्त परिस्थिति र प्रतिकुल समयका बाबजूत पनि सहकारीहरुले कार्यालय समय व्यवस्थापन, सम्पर्क र प्रविधि प्रयोगको समन्वय मार्फत सदस्य सेवामा जुटिरहेकै छन् । 

आजको दिनसम्म केन्द्र, प्रदेश र स्थानीय सरकारले गरी ५२ जिल्लामा निषेधाज्ञा जारी गरिसकेका छन् । लुम्बिनी प्रदेश अन्तर्गतको रुपन्देही  जिल्लामा पनि निषेधाज्ञा जारी छ । तिलोत्तमा नगरपालिकाले निषेधाज्ञामा कडाइ गर्दै वैशाख २३ देखि ३० गतेसम्म बैंक वित्तीय संस्थाहरु पनि बन्द गर्न अपिल गरेको छ । स्थानीय प्रशासनले बैंक वित्तीय संस्था बन्द गर्न अपिल गरेसँगै तिलोत्तमा स्थित प्रधान कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि. को कार्यालय बन्द रहेको र अतिआवश्यक सेवाका लागि सम्पर्कका आधारमा सेवा दिइएको संस्थाका व्यवस्थापक रणबहादुर थापाले बताउनुभयो । 

सदस्यलाई सहज र सुलभ रुपमा सेवा दिन पछिल्लो समय जनउत्थान साकोसको मोवाइल बैंकिङ सेवा प्रभावकारी बन्दै गइरहेको छ, उहाँले भन्नुभयो संस्थाका २५ देखि ३० जना सदस्यहरुले दैनिक प्रविधिमार्फत सेवा लिइरहेका छन्, संस्थाका ४१ सय सदस्यहरु अहिले मोवाइल बैंकिङ सेवाको पहुँचमा छन् । क्यासबाट हुने जोमिख कम गर्न पनि संस्थाको क्युआर कोड सेवा ५ सय ५० सदस्यहरुलाई वितरण गरिएको छ तर निषेधाज्ञाका कारण पसलहरु बन्द रहनेहुँदा क्युआर कोड भन्दा मोवाइल एप्स मार्फत इन्टरनल फण्ड ट्रान्सफर बढी प्रभावकारी बनेको उहाँले बताउनुभयो । मोवाइल एप्स मार्फत फण्ड ट्रान्सफर, इन्टरनेट बैंकिक, बिल पे, मिस्ड कल लगायतका सेवाहरु छन् । ग्रासरुट क्षेत्रका सदस्यहरु र बुढाबढीहरुमा अझै पनि मोबाइल बैंकिङ सेवाको पहुँच छैन । करिब ८० प्रतिशत सदस्यहरु यसबाट बञ्चित हुनुहुन्छ । प्रविधि विकास भएपनि सदस्यहरुमाझ यसको पहुँच विस्तार गर्नमा भने समय लाग्ने उहाँको भनाइ थियो । करिब २४ हजार सदस्य रहेको उक्त संस्था ७ वटा सेवा केन्द्र मार्फत सदस्य सेवामा केन्द्रित छ । हाल निषेधाज्ञाका कारण केही कार्यालयहरु बन्द रहेको भएपनि  सम्पर्कका आधारमा अति आवश्यक सेवा प्रवाह गरिएको र अन्य केही कार्यालयबाट आंशिक सेवा निरन्तरता रहेको व्यवस्थापक थापा बताउनुहुन्छ । कोभिड १९ संक्रमण जोखिम बढेसँगै ठूलो ऋण लगानी रोकिएको र तरलता बढ्ने क्रम शुरु भएको उहाँले बताउनुभयो । गत साल पनि कोरोना प्रभावसँगै बचत बढेको अनुभव सुनाउँदै यस बर्ष पनि तरलता बढ्ने संकेत रहेको छ, उहाँले भन्नुभयो ।  

कोरोना भाइरस दोस्रो लहरका कारण मुलुककै आर्थिक अवस्था चुनौतिपूर्ण बन्दै गइरहेको यस विषम परिस्थितिमा स्वास्थ्य, शिक्षा र मानव जीवनको आर्थिक समृद्धि को पक्ष झनै जोखिमयुक्त बन्दै गइरहेको छ । आर्थिक विकासको प्रमुख तीन खम्बा मध्येको प्रमुख एक खम्बा रहेको सहकारी क्षेत्र विकास र प्रवर्द्र्धनको मध्यम विन्दुमा पुग्दै गर्दा आज महामारीको चक्रब्यूहमा परेको छ । विद्यमान महामारीको जोखिमबाट अगाडि उठ्न सामना शक्ति विकासको आवश्यकता र सद्भावपूर्ण सहकार्यको अपेक्षा गरिएको छ । नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको शीर्षस्थ निकाय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले यस बर्षको नारा सामना शक्ति विकासका लागि सद्भावपूर्ण सहकार्यलाई अगाडि सारेको छ । त्यसैगरि संघले आवद्ध बचत तथा ऋण सहकारी संस्थाहरुको वित्तीय कारोबारलाई विद्युतीय माध्यमबाट सञ्चालन गर्न सहजीकरण गर्ने अभिप्रायले यही बैशाख १९ गतेबाट विद्युत्तीय भुक्तानी सेवा शुरुभारम्भ गरेको छ । संघले ZINOB Inc Pvt. Ltd. सँगको सहकार्यमा संस्था–संस्था बीच स्वचालित प्रणाली मार्फत कारोबार गर्ने प्लेटफर्मको बिकास गरेको छ । 

राष्ट्रिय सहकारी महासंघ नेपालले २०७७ चैत्र २० गते मर्यादित व्यवसाय र प्रविधिमा सहकारी को नारा सार्वजनिक गर्दै सहकारी मार्फत मर्यादित व्यवसाय र प्रविधिमैत्री सहकारी निर्माणमा पनि जोड दिन आव्हान गरेको छ ।  सहकारीलाई समयानुकुल दु्रत गतिमा अगाडि बढाउन प्रविधि अपरिहार्य छ । विद्यमान विषम् परिस्थितिले पनि सहकारीका सदस्यहरुलाई सहज, सुलभ र गुणस्तरीय सेवाका लागि प्रविधिको प्रयोग अनिवार्य बन्दै गएको देखिन्छ । प्रविधिको प्रयोग मार्फत सहकारीका सदस्यहरुले बिपे्रषण, इन्टरनेट बैंकिङ, मोवाइल रिचार्ज, बिल भुक्तानी, फन पे, रकम ट्रान्सफर जस्ता एप्स बाट सेवा लिन सकिरहेका छन् भने एटोमेटेड टेलर मेसिन (एटिएम) सेवा उपलब्ध भएका सहकारीहरुबाट सदस्यहरुले सुलभ एटिएम सेवा पनि लिइरहेका छन् । 

तिलोत्तमा नगरपालिका ३, शंकरनगरस्थित सामुहिक बचत तथा ऋण सहकारी संस्थाका बरिष्ट व्यवस्थापक ईश्वरी मरासिनीले आजबाट सहकारी सेवा पूर्ण रुपमा बन्द गरी प्रविधि मार्फत सेवा प्रवाह गरिरहेको बताउनुभयो । स्थानीय प्रशासनले बैंक वित्तीय संस्थाहरु पनि बन्द गर्न अपिल गरेसँगै तिलोत्तमा नगर क्षेत्रका बैंक वित्तीय संस्थाहरु पूर्ण रुपमा बन्द भएका छन् । सदस्यहरुमा पर्ने अतिआवश्यकीय वित्तीय सेवालाई मोवाइल बैंकिङ प्रणाली मार्फत समाधान गरिएको उहाँले बताउनुभयो । ७ हजार ९ सय ५४ सदस्य रहेको सामुहिक विकास साकोसका करिब ७ सय जनाले  एटिएम सेवा लिनुभएको छ भने १६ सय सदस्यमा मोवाइल बैंकिङ सेवाको पहुँच छ । बैंक वित्तीय संस्थाको कार्यालयीय सेवा बन्द भएसँगै आजै २५ जनाभन्दा बढि सदस्यहरुले मोबाइल बैंकिङ सेवा लिनुभएको उहाँले बताउनुभयो । कोभिड संक्रमण जोखिमका समयमा घरमै बसी बसी सम्पूर्ण बैंकिङ सेवाहरु लिन सकिने भएपछि मोबाइल बैंकिङ सेवा अत्याधिक प्रभावकारी रहेको उहाँले बताउनुभयो । दैनिक ५० जनाभन्दा बढीले एटिएम सेवा लिइरहनुभएको छ, उहाँले भन्नुभयो, नजिकमा अन्य बैंकहरुको एटिएम सेवा छैन । एस सी टी नेटवर्क लिएकोले अन्य बैंकको एटिएम सेवा पनि चालु छ । संस्थामा ३६ सय भन्दा बढी सदस्यहरु तिलोत्तमा १, २, ३ र ४ नम्बर वडाका हुनुहुन्छ, त्यसले गर्दा पनि प्रविधि पहूँच राम्रो रहेको छ ।  हामीले क्यूआर कोड सेवा पनि सुरु गरेका छौं तर क्यूआर कोड भन्दा मोबाइल बैंकिङ सेवा नै बढी प्रभावकारी रहेको सदस्यहरु भन्ने गर्नुहुन्छ, उहाँले भन्नुभयो । 

सदस्यहरुका लागि अत्यावश्यक वित्तीय सेवा प्रविधि मार्फत भइरहेको छ, केही त्यस्तो परिहालेमा सम्पर्कको आधारमा पनि स्वयं सेवामा खटिएको छु, उहाँले भन्नुभयो, बचत बुझाउन समय थप गरेका छौं र व्याजको अतिरिक्त जरिवानामा पनि छुट दिएका छौं । संस्थाको फेसबुक पेज मार्फत सदस्यहरुलाई प्रविधि प्रयोगलाई प्रोत्साहन गर्न अनुरोध पनि गरेका छौं । यो विपद्को बेलामा सेवा लिन दिन कार्यालय नै पुग्नुपर्छ भन्ने छैन मोवाइल बैंकिङ र एटिएम सेवाको सुरक्षित प्रयोगबाटै अत्यावश्यक वित्तीय आवश्यकता पुरा गर्न सकिने रहेछ । 

रुपन्देहीको देवदह नगरपालिका ७ खैरेनीस्थित कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लि. ले दोसो चरणको कोरोना भाइरस संक्रमण तीब्र बन्दै गएसँगै प्रविधि प्रयोगलाई बढावा दिएको छ । सदस्यहरुलाई घरमै बसी बसी आवश्यक वित्तीय आवश्यकता पुरा गर्न मोवाइल बैंकिक सेवालाई थप प्रभावकारी बनाइएको संस्थाका व्यवस्थापक विनोद पराजुलीले जानकारी दिनुभयो । जोखिम न्यूनीकरणका लागि विहान १० बजेदेखि दिउसो १ बजेसम्म मात्रै सीमित कर्मचारीबाट कार्यालय सञ्चालन गरेका छौं । 

मोवाइल बैंकिक भित्र पर्ने सम्पूर्ण सेवा सुचारु गरेका छौ, साकोसका सूचना प्रविधि प्रमुख इन्द्र थापाले भन्नुभयो, मोबाईल बैंकिङ्ग प्रविधिको उपयोग गरी सदस्यहरुले फण्ड ट्रान्सफर, इन्टरनेट बैंकिक, बिल पे, मिस्ट कल सेवा लगायतका सुविधाहरु घरमै बसेर प्राप्त गर्न सक्नुभएको छ । 

विभिन्न सेवाहरुको सहज भुक्तानीका लागि सहकारीले मोबाइल बैंकिङ प्रविधिको प्रयोग सबैतिर बढाइरहेका छन् । महामारीको समयमा मात्र होइन पछिल्लो समय सहकारीहरु प्रविधिमैत्री बन्दै गइरहेका छन् । नेपालमा प्रविधि विकास त्यति सहज र सुलभ पहुँच नभएपनि विकासले निरन्तरता भने पाइरहेकै छ । शहर केन्द्रीत र अझ युवा उमेर समुहका सदस्यहरुको प्रविधिका कारण सहकारी क्षेत्रप्रतिको आकर्षण बढ्दोे छ । गत सालको कोरोना संक्रमण र दोस्रो लहरमा भित्रिएको नयाँ भेरियन्टको कोभिड १९ ले प्रविधि प्रयोगलाई बढावा दिएको छ भने भिडभाड बाट हुने संक्रमण जोखिमबाट बच्न सहयोग पुर्याएको छ । 

कोरोना भाइरस संक्रमण तीब्र बन्दै गइरहेको छ । अति आवश्यक काम नपरी घरबाहिर ननिस्कौं र निस्कनै परे पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गरौं, सम्भव भएसम्म वित्तीय आवश्यकता परिपूर्तिका लागि सहकारीमार्फत प्रविधिको प्रयोग बढाऔं । जय सहकारी 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र