शनिबार, जेठ ५
०३:०७

सुरक्षित रहन कार्यालय समय संकूचन सँगै सीमित कर्मचारी प्रयोग

मंगलबार, वैशाख २१
राधा पौडेल
saccosaawaj

काठमाडौं । नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढ्दै गएपछि काठमाडौं उपत्यका सहित विभिन्न जिल्लाहरुमा पनि जारी निषेधाज्ञाको स्वरुप परिवर्तन सहित समयावधि थप गरिएको छ । आजै उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा एक साताका लागि थप गरेको छ भने हिजो मात्रै गण्डकी प्रदेशले वैशाख १५ गतेबाट जारी गरेको आंशिक निषेधाज्ञाको समयावधि आजबाट ३१ गते सम्मका लागि थप कडाइका साथ लागु गरेको छ । सरकारले अत्यावश्यक सेवा बाहेक सर्वसाधरणलाई घरबाहिर ननिस्कन अपिल गरेको छ भने बैंक वित्तीय संस्थाहरुको सेवालाई पनि निश्चित समयसीमाभित्र थोरै कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह गर्न भनेको छ । 

सदस्यहरुको सुख दुखको सारथी रहेको सहकारी क्षेत्र पनि दोस्रो चरणको कोभिड प्रभावबाट अछुतो छैन । देशव्यापी रुपमा बढ्दो कोभिड संक्रमण जोखिमलाई ध्यानमा राखेर सहकारी संघ संस्थाहरुले आफ्नो सेवालाई संकुचन गर्दै लगिरहेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले पनि न्यूनतम कर्मचारी मार्फत निश्चित समयावधि तोकेर सम्पर्क व्यक्तिका आधारमा सेवा सुचारु गर्ने जनाएको छ । त्यसैगरी जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संघ संस्थाहरुले पनि सीमित कर्मचारी, निश्चित समयावधि, सेवाका लागि तोकिएको सम्पर्क व्यक्ति र उपलब्ध भएसम्मको प्रविधिलाई प्रयोग गर्दै सेवा लिन सदस्यहरुलाई आब्हान समेत गरेका छन । 

नेफ्स्कूनका सञ्चालक सदस्य एवम् पोखरा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक कमला देवी गिरीले कोभिड भाइरस संक्रमण जोखिम बढेसँगै जिल्लामा सहकारीको सेवा सञ्चालन पनि प्रभावित बन्दै गइरहेको बताउनुभयो । दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको र जिल्ला प्रशासन कार्यालयले पनि सचेत रहन र अत्यावश्यक काममा मात्र बाहिर निस्कन सूचना जारी गरेसँगै सहकारी संघ संस्थाहरुले कार्यालय समय छोट्याएका छन् । उहाँले भन्नुभयो, एक संस्थामा बढीमा ३ जनासम्म मात्र कर्मचारी राखेर अथवा अत्यावश्यक कामका लागि सम्पर्क कर्मचारी तोकेर सेवा दिन सुरु गरिएको र उपलब्ध भएसम्म प्रविधि प्रयोगलाई जोड दिएका सहकारी संघ संस्थाका सदस्यहरुले मोवाइल बैंकिङ सेवाको उपयोगलाई बढाउन आब्हान गरिएको छ । अहिले जिल्लाका सबैजसो सहकारी संघ संस्थाहरुले सुरक्षित सेवा प्रवाहमा ध्यान दिएका छन् भने सदस्यहरु पनि कोभिड जोखिम प्रति सचेत भएको पाइएको छ ।  

जिल्ला सहकारी संघ लि. कास्की ले पनि विहान ११ बजेदेखि १ बजेसम्म मात्रै अत्यावश्यक सेवाका लागि मात्र कार्यालय खुला गर्न, सुरक्षा गार्ड सहित बढीमा ३ जनामात्र कर्मचारीबाट सेवा सञ्चालन गर्न र स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्न सदस्य संस्थाहरुलाई अपिल गरेको छ । 

पोखरास्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले विहान ११ बजेदेखि दिउसो १ बजेसम्म कार्यालय समय तोकि सम्पर्क कर्मचारीबाट सेवा प्रवाह गरिने जनाएको छ भने संस्थाको एटिएम सेवा र मोवाइल बैंकिङ सेवा २४ घण्टा खुला रहने जानकारी सहित प्रविधि सेवा प्रयोगमा जोड दिन सदस्यहरुलाई सुचना जारी गरेको छ । 

पोखरास्थित आस्था बचत तथा ऋण सहकारी संस्था लि. ले पनि सेवा संकूचन सम्बन्धी सूचना जारी गर्दै तोकिएको समयभित्र स्वास्थ्य मापदण्डको पालना गर्दै सुरक्षित तवरले सेवा लिनुहुन सदस्यहरुलाई अपिल गरेको छ । 

पोखरा महानगरपालिका २६ स्थित लेखनाथ बचत तथा ऋण सहकारी संस्था लि.ले पनि सदस्यहरुलाई विहान ११ बजेदेखि १ बजेसम्म कार्यालय खुला रहने र पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै सेवाका लागि सदस्यहरुमाझ अनुरोध गरेको छ । 
संस्थाका व्यवस्थापक गोविन्द लामिछानेले भन्नुभयो, कार्यालयमा सीमित कर्मचारी उपस्थिति गराएर, कर्मचारी र सदस्यहरुलाई स्वाथ्य मापदण्ड पालन गर्न लगाएर र अत्यावश्यक सेवाका लागि सम्पर्क व्यक्ति तोकेर सेवाको निरन्तरतामा ध्यान दिएका छौं । 
त्यसैगरी पोखर महानगरपालिका भन्दा करिव ८ कि.मी उत्तर पर्ने पुरुनचौरस्थित जनसेवा साकोसले पनि महामारीको समयमा आफ्ना सदस्यहरुलार्ई दैनिक ४ घण्टा कार्यलय बाट सेवा दिइएको जनाएको छ । नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यलय कास्की बाट जारी गरिएका सुरक्षा मापदण्डहरुको पुर्ण पालना गरेर शेयर सदस्यहरुलाई सेवा दिईरहेको संस्थाका ब्यबस्थापक प्रेमसागर अधिकारीले जानकारी गराउनुभएको छ  । उहाँले सस्थाका कर्मचारी र सदस्यहरुको सुरक्षाको लागि कार्यालय प्रवेश गर्ने वित्तीकै हात धुन लगाउने, स्यानीटाइजरको प्रयोग गर्ने, अनिवार्य .मास्कको प्रयोग गर्ने तथा  शरिरको तापक्रम लिने र संस्थाको उपस्थिति पुस्तीकामा उपस्थिति जनाई सामाजीक दुरी कायम गराएर सेवा सुचारु गरिएको जानकारी गराउनुभयो । 

कोभिड संक्रमण दर बढेसँगै क्रमैसँग विभिन्न जिल्लाहरुमा निषेधाज्ञाको स्वरुप र समयावधि थप भइरहेको छ । आजै काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञाको समयावधि थप गरियो भने नवलपुर, पर्सा, धनुषा, हुम्ला, ताप्लेजुङ लगायतका जिल्लाहरुमा पनि निषेधाज्ञा जारी गरिएको छ । हिजोमात्रै गण्डकी प्रदेशले कास्की, बागलुङ र स्याङ्जा जिल्लामा निषेधाज्ञाको घोषणा गरेको थियो । सहकारी संघ संस्थाहरुले सदस्य सेवालाई निरन्तरता दिर्दै न्यूनतम कर्मचारी, आलोपालो तथा घरबाट काम गर्ने व्यवस्था सहित कार्यालयमा पूर्ण सुरक्षा मापदण्डको पालना गरिनु अनिवार्य छ । उपलब्ध भएसम्म प्रविधिमा आधारित सेवाप्रवाहलाई सहकारी संघ संस्थाहरुले विशेष रुपमा जोड दिएर महामारीको विषम परिस्थितिको मागलाई सम्बोधन गर्नुपर्ने देखिएको छ ।  

तस्बिर सौजन्यः अनलाईन खबर

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र