शनिबार, जेठ ५
०५:२८

कञ्चनपुरको मेगा साकोसद्वारा महाकाली अञ्चल अस्पताललाई आर्थिक सहयोग

मंगलबार, वैशाख २१
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कञ्चनपुर । भिमदत्त नगरपालिका ४ स्थित मेगा बचत तथा ऋण सहकारी संस्थाले महाकाली अञ्चल अस्पताललाई अक्सिजन सिलिण्डर खरिदका लागि आर्थिक सहयोग गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल सेटीले आज अञ्चल अस्पतालका प्रमुखलाई संस्थाको तर्फबाट १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको जानकारी गराउनुभयो । उहाँले कोभिडको नयाँ भेरियन्टका संक्रमितहरु बढेसँगै अक्सिजन खपत बढी हुँदै आएकोले समस्या नहोस भन्ने उद्देश्यका साथ संस्थाले सहयोग गर्ने निर्णय गरेको जानकारी गराउनुभयो ।

मेगा साकोसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परिस्थितिलाई बिचार गरेर सहयोग प्रदान गरेको जनाइएको छ । प्रमुख कार्यकारी अधिकृत सेटीले गत वर्षपनि कोभिडको समयमा मेगा सहकारीले जिल्लाका विभिन्न वडामा चामल, साबुन, तेल आदि खाद्यान्न तथा नगरपालिकाहरुमा वित्तीय सहयोग गरेको स्मरण गर्नुभयो । समुदायप्रति चासोको सहकारी सिद्धान्त अनुसरण गर्दै यसप्रकारको काममा जोडिदै आएको सेटीले उल्लेख गर्नुभयो । भविष्यमा पनि यस प्रकारका सामाजिक उत्तरदायित्वका काममा जोडिने मेगा साकोसका प्रमुख कार्यकारी अधिकृत सेटीले विश्वास दिलाउनुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र