आईतबार, वैशाख ३०
१०:३२

दाङमा दुई साकोस एकीकरण 

बुधबार, भदौ ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दाङ्ग, ३ भदौ । दाङ्गमा दुई साकोस एकीकरण भएका छन् । जिल्लाको राप्ती गाउँपालिका ५ सिसहनियास्थित साबिकको हरियाली बचत तथा ऋण सहकारी संस्था लि. र लमही नगरपालिका ५ लमहीस्थित दियो बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण भई साउन २९ गते भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रदेश नं.५ रुपन्देहीबाट बैधानिक मान्यता प्राप्त भएको हो ।

एकीकरणको प्रमाण पत्र हस्तान्तरण गर्दै  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रदेश नं.५ रुपन्देही सहकारी बिभाग प्रमुख शुरेश चन्द्र आचार्यले एकीकृत संस्थालाई बधाइ तथा देशकै अग्रणी संस्था बन्न शुभकामना व्यक्त गर्नुभयो । साबिकको हरियाली  साकोस का अध्यक्ष शिवध्वज मल्ल एवम साबिकको दियो साकोसका अध्यक्ष सुदिप किरण आचार्यको संयोजकत्वमा गठित साकोस एकिकरण कार्यदलले  शिवध्वज मल्लको संयोजकत्वमा एकीकरण तदर्थ समिति बनाई  विगत ६ महिना देखि लामो प्रयास गरी विधिवत रुपमा एकीकरण गर्न सफल भएको हो । 

एकीकरण पश्चात हरियाली बचत तथा ऋण सहकारी संस्था लि. ले शिवध्वज मल्लको अध्यक्षमा ९ सदस्यीय सञ्चालक समिति र कृष्ण गिरीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । साथै  एकीकृत संस्थाको केन्द्रीय कार्यालय राप्ती गाउँपालिका ५ सिसहनियामा रहने र लमही नगरपालिका ५ लमहीमा दियो सेवा केन्द्रबाट सदस्यहरुलाई सेवा दिइने एकीकृत संस्थाका व्यवस्थापक उमेश कुमार चौधरीले जानकारी दिनुभयो  । साथै एकीकरण पश्चात कुल शेयर सदस्य संख्या ३ हजार ५ जना र वासलात चौबीस करोड चालीस लाख पुगेको संस्थाको लेखा प्रणाली व्यवस्थापन नेफ्स्कूनद्वारा प्रतिपादित नेकोस प्लस सफ्टवयेर मार्फत पगराइने पनि व्यवस्थापक चौधरीले जानकारी गराउनुभयो । 

संस्थाले केही दिनमै एकीकृत घोषणा सभा समेत गर्ने तयारी गरेको छ । यस अघि २०७६ कार्तिकमा जिल्लाकै लमही नगरपालिकास्थित साबिकको मातृभुमी बचत तथा ऋण सहकारी संस्था लि. र सोही ठाँउको साबिकको तेजस्वी  बचत तथा ऋण सहकारी संस्था लि. ले एक आपसमा एकीकरण गरी तेजस्वी मातृभूमी बचत तथा ऋण सहकारी संस्था लि. बाट एकीकृत कारोबार सुरु गरेका थिए । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र