शनिबार, वैशाख १५
०९:४८

चन्द्रागिरि साकोस र शुभतारा बहुउद्देश्यीय सहकारीबीच एकीकरण सम्पन्न

बिहीबार, वैशाख ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चन्द्रागिरि नपा ७ थानकोट महादेवस्थानस्थित चन्द्रागिरि साकोस र ललितपुर महानगरपालिका १४ खुमलटारस्थित शुभतारा बहुउद्धेश्यीय सहकारी संस्थाबीचको एकीकरण प्रकृया बैशाख ८ गते सम्पन्न भएको छ । बाग्मती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखाबाट उक्त एकीकरण प्रकृया स्वीकृत भएसँगै अभियानले पूर्णता पाएको हो ।

दुवै संस्थाबीच गठन भएको एकीकरण कार्यदलहरुबीच पटक पटक बसेको बैठक एवं दुवै संस्थाको पछिल्लो साधारण सभा तथा संयुक्त साधारण सभाबाट दुई संस्थाबीच एकीकरणको निर्णय भएको थियो । बागमती प्रदेश सहकारी ऐन २०७६ र प्रदेश सहकारी नियमावली २०७६ बमोजिम एकीकरणका शर्त तथा कार्यविधिहरु पारित भएको हो । एकीकरण प्रकृया पूर्व चन्द्रागिरि साकोसको कुल सम्पत्ति २ अर्ब ४७ करोड र शुभतारा सहकारीको कुल सम्पत्ति २० करोड तथा सदस्यहरुमा क्रमशः १३ हजार ५ सय र ६ सय रहेकोमा दुवै संस्था एकीकरण पश्चात दुवै संस्थाका सदस्यहरुले चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था मार्फत कारोवार गर्ने जनाइएको छ ।

त्यस्तै, हाल संस्थाको कार्यक्षेत्र काठमाडौं र ललितपुर जिल्लाभर र धादिङ जिल्लाको धुनिबेशी नगरपालिका सम्म कायम भएको छ । हाल सम्म सम्पन्न एकीकरण प्रकृयाबाट संस्थाको ४ वटा सेवाकेन्द्र सञ्चालन हुने भएको छ जसमा चन्द्रागिरि नपा १२ सृजनाचोकमा दहचोक सेवाकेन्द्र, ललितपुर महानगरपालिका १४ खुमलटारमा शुभतारा सेवाकेन्द्र, काठमाडौं महानगरपालिका २२, न्युरोडमा, न्युरोड सेवाकेन्द्र र धुनिबेसी नगरपालिका ७ मा नौविसे सेवाकेन्द्र सञ्चालन हुनेछ । निकट भविष्यमा १ लाख सदस्य र ३० अर्ब कुल सम्पत्ति पुर्याई गुणस्तरीय सहकारी वित्तिय सेवा प्रदान गर्ने लक्ष्यको साथ चन्द्रागिरि साकोस अगाडि  बढ्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र