आईतबार, जेठ २०
०५:२०

मोरङको भुल्के साकोस प्रोबेसन कार्यक्रममा आबद्ध

मंगलबार, वैशाख ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मोरङ । सलकपुरस्थित भुल्के साकोस नेफ्स्कूनले सञ्चालन गरेको प्रोबेसन कार्यक्रममा आबद्ध भएको छ । भुल्के साकोस बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) मा आज आबद्ध भएको हो । उक्त सम्बन्धमा आज नेफ्स्कूनकी सञ्चालक सदस्य गोमा नेपाल र भुल्के साकोसका अध्यक्ष श्याम कुमार आचार्यको उपस्थितिमा औपचारिक सम्झौता समेत सम्पन्न भएको छ । कार्यक्रममा नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहाल तथा साकोसका कर्मचारीहरुको पनि उपस्थिति थियो ।

सम्झौता कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक सदस्य नेपालले साकोसहरु नीति, विधि र प्रविधिमा आधारित भई सञ्चालन गर्नुपर्नेमा जोड दिदैं प्रोबेसन कार्यक्रममा आबद्ध हुँदा त्यस दिशातर्फ ध्यान पुग्ने बताउनुभयो । उहाँले वित्तीय तथा संस्थागत सबलताका लागि नेफ्स्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चिततासम्बन्धी कार्यक्रममा सहभागी हुनुपर्ने बताउँदै सदस्यहरुको चाहनाअनुरुपको सेवा प्रदान गर्न कुनै कञ्जुस्याइँ गर्न नहुने प्रष्ट पार्नुभयो । सम्झौतापूर्व नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहालले प्रोबेसन कार्यक्रमको महत्व, सूचकहरु लगायतका विषयमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र