शुक्रबार, वैशाख १४
०८:५८

रुपन्देही जिल्ला बचत संघ बीच व्यावसायिक साझेदारी सम्झौता

शनिबार, चैत्र २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत हिजो रुपन्देही जिल्ला बचत संघ र नेफ्स्कूनबीच व्यवसाय साझेदारी सम्झौता भएको छ । जिल्ला बचत संघका अध्यक्ष प्रकाश भट्टराइको अध्यक्षतामा आयोजित एक संक्षिप्त समारोहका बीच भएको सम्झौता कार्यक्रममा बचत संघका पदाधिकारी एवम् संञ्चालकहरु र नेफ्स्कूनको तर्फबाट सञ्चालक सन्दिप सापकोटा, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल सहित कर्मचारी सहभागी हुनुहुन्थ्यो । 

बचत तथा ऋण सहकारी संघ र संस्थाहरुको सुदृढीकरण साथै सदस्य सेवा प्रभावकारीताका लागि जिल्ला संघ साझेदारी कार्यक्रम एक प्रभावकारी मोडेलको रुपमा अगाडि बढेको कार्यक्रमका सहभागी बक्ताहरुले बताउनुभएको थियो । 

नेफ्स्कूनले जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत सञ्जाल समक्षता विकास कार्यक्रम गत साता (चैत्र २४ र २५ गते) भक्तपुरमा आयोजना गरेको थियो । दुई दिने उक्त गोष्ठीले व्यवस्थित र सबलिकृत साकोस सञ्जाल निर्माणका लागि कार्यक्रम मार्फत सञ्जाल र पहूँच विस्तार, नीति, विधि र प्रविधिमा एकरुपताका साथै बचत तथा ऋण सहकारी संस्थाका सबै संरचनात्मक तहहरुलाई मजबुत बनाउने सम्बन्धमा निर्णय गरेको थियो । 

जिल्ला संघ साझेदारी कार्यक्रममा हालसम्म रुपन्देही बचत संघ सहित जिल्ला र प्रदेश संघ गरी २३ संघहरु आबद्ध छन् । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र