शुक्रबार, वैशाख १४
०६:२१

सम्पत्ति शुद्धीकरण निवारण ऐन सम्बन्धी अभिमुखीकरण सम्पन्न

बिहीबार, चैत्र २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मोरङ । सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार कार्यक्रम अन्र्तगत आज मोरङको उर्लावारीमा एक दिवसीय सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ सम्वन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।

नेफ्स्कून फिल्ड कार्यालय सुनसरी र दमक झापाको संयुक्त आयोजनामा उर्लाबारीस्थित सगरमाथा साकोसको सभाहलमा भएको कार्यक्रममा नेफ्स्कूनमा आवद्ध जिल्ला वचत संघ तथा सदस्य साकोसहरुको तर्फवाट प्रतिनिधित्व गर्दै झापा, मोरङ र सुनसरी वाट १६ महिला सहित ७७ जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि उर्लावारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले नेपालमा प्रशस्त स्रोत साधन रहेकोले त्यसलाई सहकारीले सन्तुलित रुपमा प्रयोग गरि उत्पादनमा आत्मानिर्भर हुने कार्यक्रम ल्याउनु पर्ने विचार व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीले स्वागत मन्तव्य राख्नु हुदै सहकारीको दीगो विकासका लागि संघले योजनाबद्ध कार्यक्रमहरु सहित साकोस सञ्जालीकरण निर्माणमा जोड दिएको बताउनुभयो ।

एराविज एण्ड एसोसियर्टस प्रा.लि. का सि.ए स्थिर वुढाथोकीले प्रशिक्षण गर्नु भएको उक्त कार्यक्रममा सहभागी र प्रशिक्षक विचमा सम्पत्ति शुद्धीकरणका वारेमा सहकारीले गर्नुपर्ने काम र सूचना जानकारी प्रेषित गर्नु पर्ने विषयमा अन्र्तक्रियात्मक ढङ्गले सहजीकरण गर्नु भएको थियो ।

नेफ्स्कूनकी सञ्चालक गोमा नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहजीकरण नेफ्स्कून फिल्ड कार्यालय इटहरी सुनसरीका फिल्ड इन्र्चाज पवन घिमिरेले गर्नु भएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र