शनिबार, वैशाख २२
१२:५५

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२
saccosaawaj

साउन ३२ । नेफ्स्कूनको श्रावण ३२ गते सम्पन्न ३३ औं स्थापना दिवसको अवसरमा संघले आ.व. २०७६/०७७ मा उत्कृष्ट कार्य गरेवापत विभिन्न विधामा उत्कृष्ट संघसंस्था एवम् व्यक्तिहरुलाई सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । नेफ्स्कूनका निवर्तमान अध्यक्ष, पुरस्कार तथा सम्मान उपसमिति संयोजक एवम् संघका सल्लाहकार डी.बी. बस्नेतले विधागत सम्मान तथा पुरस्कारको घोषणा भिडियो प्रस्तुतिमार्फत गर्नुभयो ।  

संघले गत बर्षको संस्थापक अध्यक्ष पुरस्कार महिलातर्फ विगत लामो समयदेखि सहकारी अभियानमा सक्रिय मकवानपुर जिल्ला बचत संघका निवर्तमान अ्रध्यक्ष राधा सिंतान र पुरुषतर्फ संघीय सांसद घनश्याम खतिवडालाई दिने घोषणा गरेको छ ।  नेफ्स्कून सर्वोत्कृष्ट साकोसमा महिलाद्वारा सञ्चालित धादिङस्थित निकलण्ठ महिला साकोस र सुनसरीस्थित किसान कल्याण साकोसलाई पुरस्कृत घोषण गरेको छ । 

नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट साकोसहरुमा प्रदेश नं. १ बाट डाँफे साकोस दमक, प्रदेश नंं २ बाट सगुन साकोस–सर्लाही, बागमती प्रदेशबाट ज्योती मिर्मिरे सामूहिक साकोस –काभ्रे, गण्डकी प्रदेशबाट भिमकुल साकोस – गोरखा, प्रदेश नं. ५ बाट हाम्रो मध्यवर्ती राधाकृष्ण साकोस –बर्दिया, कर्णाली प्रदेशबाट जनकल्याण साकोस –सुर्खेत, सुदुरपश्चिम प्रदेशबाट जनज्योती साकोस –कञ्चनपुर पुरस्कृत घोषणा भएका छन् ।

नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान अन्तर्गत महिलातर्फ संघको निवर्तमान उपाध्यक्ष पार्वती खाँड राई, धादिङ र पुरुषतर्फ नेफ्स्कूनका पूर्व सञ्चालक स्याम बहादुर श्रेष्ठ–काठमाडौं घोषित हुनुभएको छ । 

उत्कृष्ट जिल्ला बचत तथा ऋण सहकारी संघमा काठमाडौं जिल्ला बचत संघ सर्वोत्कृष्ट संघ घोषित भएको छ । त्यसैगरी नेफ्स्कून विद्धता पुरस्कारमा काठमाडौंका नवराज सिंखडा, पि.एच.डी., नेफ्स्कून राइफाईसन क्रेडिट युनियन पुरस्कारमा अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को नेपालस्थित कार्यालय पुरस्कृत घोषणा भएको छ । 

त्यसैगरी नेफ्स्कून प्रशंसा पुरस्कारतर्फ उत्कृष्ट नेकोस प्लस सफ्टवयर प्रयोगकर्तामा सर्लाहीस्थित स्वस्तिक साकोस, उत्कृष्ट बचतकर्तामा पोखरास्थित पोखरा रोयल साकोस, उत्कृष्ट शेयर खरिदकर्तामा रुपन्देहीस्थित लुम्बिनी साकोस र उत्कृष्ट लघुवित्तमा मुगुस्थित छाँयानाथ साकोस  पुरस्कृत हुने भएका छन् । 

सामाजिक उत्तरदायित्व वहन (प्रशंसा) पुरस्कार तर्फ सहारा साकोस झापा पुरस्कृत घोषित भएको छ । त्यसैगरी महामारीमा उत्कृष्ट सेवा प्रदान गर्ने संस्थामा रुपन्देहीस्थित जनउत्थान साकोस पुरस्कृत घोषित भएको छ । साकोस एकीकरण अभियानमा उत्कृष्ट हुने साकोसमा सिवाईसी साकोस  बागलुङ उत्कृष्ट घोषित भएको छ । 

नेफ्स्कून पत्रकारिता पुरस्कारतर्फ सहकारी खवर डट कममा कार्यरत पत्रकार काजी श्रेष्ठ पुरस्कृत घोषित हुनुभएको छ । नेफ्स्कून उत्कृष्ट कर्मचारी पुरस्कारमा नेपालको साकोस अभियानको तर्फबाट उत्कृष्ट व्यवस्थापक दोलखास्थित मिलिजुली कालिञ्चोक साकोसका व्यवस्थापक इश्वर न्यौपाने र नेफ्स्कूनको उत्कृष्ट कर्मचारीतर्फ व्यवसाय अधिकृत मनोज बुढाथोकी पुरस्कृत घोषित हुनुभएको छ । त्यसैगरी आ.व. ०७६/७७ मा नेफ्स्कून चावहिल फिल्ड कार्यालय काठमाडौ उत्कृष्ट फिल्ड कार्यालय घोषित भएको छ । 

नेफ्स्कूनको स्थापना दिवसमा घोषणा गरिएको सम्मान तथा पुरस्कार संघको यही मंसिर ५ मा हुने २९औं बार्षिक साधारणसभामा वितरण गरिने संघले जनाएको छ । पुरस्कृत सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरुलाई नेफ्स्कून हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछ । 

 

saccosaawaj media

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

आईतबार, साउन ३२

नेफ्स्कून सम्मान तथा पुरस्कार घोषणा

saccosaawaj media

रणनीतिक नेतृत्व विषयक अन्तर्राष्ट्रिय भर्चुअल सत्र हुँदै 

मंगलबार, भदौ २

नेपालमा हाल १९ वटा सिस्टर सोसाईटी छन् । आज भन्दा ३ वर्ष अघि सन् २०१७ को जुलाई ४ मा गठन भएको नेफ्स्कून च्याप्टर पहिलो सिस्टर सोसाईटी हो भने २०२० अगष्ट मा थप ६ सँगै नेपालमा सिस्टर सोसाईटीहरुको संख्या १९ पुगेको हो ।

saccosaawaj media

राष्ट्रकविप्रति सहकारीकर्मीहरुको शब्दसुमनः राष्ट्रले निधि गुमायो

बुधबार, भदौ ३

सहकारीकर्मीहरुले राष्ट्रकविको निधनप्रति गहिरो शोक व्यक्त गर्दै राष्ट्रले अमुल्य निधि गुमाएको धारणा राख्नुभएको छ । सहकारी र साहित्य दुवै समाजको उन्नयनसँग जोडिएको भन्दै उहाँहरुले नेपाली साहित्य त्यसमा पनि विशेषतः काव्य र गीति जगतले एक सिद्धहस्त शिल्पी गुमाएको भन्दै श्रद्धाभाव व्यक्त गर्नुभएको छ ।