शुक्रबार, वैशाख १४
११:०९

बचत तथा ऋण सहकारी संस्थाहरुको व्यावसायिक प्रर्वद्धन तालिम धनगढीमा सुरु

आईतबार, फागुन १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

धनगढी । नेपाल सरकार भूमि ब्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को साझेदारीमा सञ्चालित “सहकारी क्षेत्र सुदृढीकरण तथा प्रणाली सुधार” कार्यक्रममा रहेको बचत तथा ऋण सहकारी संस्थाहरुको व्यावसायिक प्रर्वद्धन तालिम आजबाट धनगढीमा शुरु भएको छ । फागुन २० गतेसम्म सञ्चालन हुने तालिम कार्यक्रमको उद्घाटन कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य माधव प्रसाद जोशीको अध्यक्षता थियो भने प्रमुख अतिथि राष्ट्रय सहकारी महासंघका सञ्चालक तारा लामा तथा विशिष्टि अतिथि, नेफस्कुनकी संचालक सदस्य एबं उद्यमशिलता उपसमिति संयोजक रिना आर्चालय लगायतको सहभागिता थियो ।

नेफ्स्कूनकी सञ्चालक रिना आचार्यले स्वागत गर्नुभएको कार्यक्रममा संघ अन्तर्गत  यूवा परिचालन उपसमिति सदस्य दीप्ती शाही, नेफ्स्कून फिल्ड ब्यवस्थापन उपसमिति सदस्यद्धय, भुपेन्द्र थापा र प्रेमलता देवी गौतमको पनि उपस्थित थियो । नेफ्स्कूनका बरिष्ठ अधिकृत दीपक प्रसाद ढुंगानाले सञ्चालन गर्नुभएको कार्यक्रमको ब्यवस्थापन कञ्चलपुर फिल्ड कार्यालय इन्चार्ज विष्णुदत्त जोशीले गर्नुभएको थियो । ५ दिन सम्म सञ्चालन हुने कार्यक्रम सहजीकरण नेफ्स्कूनका  सञ्चालक सदस्य माधव प्रसाद जोशी , सञ्चालक सदस्य रिना आर्चाय , नेफ्स्कूनका बरिष्ठ अधिकृत दीपक प्रसाद ढुंगाना, अधिकृत रिता सुबेदीले गर्नुहुने छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका डोटी ,बझाङ, डडेल्धुरा कञ्चनपूर र कैलाली जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाका २७ जना ब्यवस्थापकहरुको सहभागिता रहेको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र