सोमबार, जेठ ७
०९:१८

मोरङ र सुनसरीका साकोस बीच नविनतम सिकाइ आदानप्रदान 

आईतबार, फागुन १६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मोरङ । प्रदेश नं. १ का दुई जिल्ला–मोरङ र सुनसरीमा सञ्चालित ७ वटा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् व्यवस्थापकहरू बीच नविनतम् सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी फागुन १४ गते शुक्रबार सम्पन्न भएको छ । 

कार्यक्रमका प्रमुख व्यक्ति नेफ्स्कून संचालक गोमा नेपालले साकोसहरुबीचको नविनतम सिकाई आदानप्रदानले संस्थाको ब्यवसायिक योजना तैयारी र डिजिटल प्रविधि प्रयोग मार्फत साकोसले स्तरिकरणमा फड्को मार्न सकिने सम्भावना रहेको बताउनुभयो । 

कञ्चनजंघा साकोसको आयोजनामा जिल्लाका प्रगति, जनएकता, जनकल्याण, जनचाहना, सेवा र शुभलाभ साकोसका व्यवस्थापकहरू बीच सहकारीका नविनतम सिकाईका सम्बन्धमा नेफ्स्कूनद्वारा सहजीकरण गरिएको थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहालले सहकारी एकीकरण, सेवाकेन्द्र सञ्चालन, ऋणको विविधिकरण, सम्पत्ति शुद्धीकरण, भाखा नाघेको ऋण व्यवस्थापन लगायतका विषयवस्तुहरुको प्रक्रियागत चरणहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 
प्रोबेसन कार्यक्रममा आबद्ध सातवटा साकोसका अध्यक्ष, व्यवस्थापक, प्रोबेसन कार्यदल संयोजक सहित २४ जनाको उपस्थिति थियो । कार्यक्रममा साकोस व्यवस्थापकहरुले तयार पार्नुभएको वित्तीय प्रतिवेदनको आधारमा वित्तीय विश्लेषण गर्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र