सोमबार, जेठ ७
०८:१४

जाजरकोटको भेरी नगरपालिकासँग आधारशिला कार्यक्रम सम्झौता

शुक्रबार, फागुन १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

जाजरकोट । नेफ्स्कूनले स्थानीय निकायसँगको समन्वयमा सञ्चालन गर्ने आधारशिला कार्यक्रम कार्यान्वयनका सम्बन्धमा कर्णाली प्रदेश–जाजरकोटको भेरी नगरपालिकासँग हिजो अर्थात् फागुन १३ गते  नेफ्स्कून र नगरपालिका बीच दिपक्षीय सम्झौता भएको छ । 

नेपाल सरकारको पन्धौं योजनामा सहकारीको सवलीकरण, दिगोपना र सुदृढीकरणको लागि ६ वटा रणनीति र २४ वटा कार्यनीति अनुरुप पाँचौ रणनीतिलाई सहयोग पुर्याउने अभिप्राय राखि आधारशिला कार्यक्रममार्फत यस स्थानीयमा रहेको सहकारीहरुको जागरण, प्रवर्द्धन, विकास र सञ्जालीकरणको चरणगत विकासका लागि यस नगरपालिका उत्सुक छ । यस दुर्गम तथा विकट क्षेत्रमा पनि नेफ्स्कूनको कार्यान्वयन उपस्थितिको नगर प्रमुख चन्द्र प्रकाश घर्तीले सहकारी अभियानको सवलीकरणको अभ्यास हो भन्नु भएको थियो । साथै यस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल वहादुर घर्ती लगायतको समूहले यो दुवैको लागि अवसर र यस अभ्यासको कदमको लागि नेफ्स्कून प्रति नगरपालिका कृतज्ञ रहेको बताउनुभयो ।

यस क्षेत्रमा सहकारिताको अभ्यासमा कमी र धेरै सहकारीलाई सञ्चालन, नीति नियम र व्यवस्थापनको ज्ञानको अभाव रहेको नगर प्रमुखले जानकारी गराउँनुभयो । यस दुर्गम क्षेत्रमा सहकारिताको अभ्यासलाई भेरी नदि जस्तै सङ्गलो वनाउने दौरानमा यस नगरपालिकाको आर्थिक सहयोग निरन्तर हुने नगर प्रमुख चन्द्र प्रकाश घर्तिले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आधारशिला कार्यक्रम सम्झौतामा भेरी नगरपालिका, जाजरकोटका नगर प्रमुख चन्द्र प्रकाश घर्ती र नेफ्स्कूनको वरिष्ठ अधिकृत नविन राज दाहालले हस्ताक्षर गरी एक आपसमा सम्झौता हस्तान्तरण गर्नु भयो । यस आधारशिला कार्यक्रमको सफलताको लागि नगरपालिका सदैव सहयोगीको रुपमा रहने भन्दै प्रमुख प्रशासकीय अधिकृत दल वहादुर घर्ती र नेफ्स्कूनको बरिष्ठ तालिम सहायक खिलनाथ लुइटेको पनि ऐक्यवद्धता जाहेर गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र