मंगलबार, जेठ ८
०१:३१

हाम्रो एकीकृत साकोस सदस्यहरूलाई लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण तालिम 

आईतबार, फागुन ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनको व्यवसाय विकास सेवा कार्यक्रम अन्तर्गत काठमाडौंको स्वयम्भूस्थित हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. का १० जना महिला उद्यमी सदस्यहरूलाई लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण सम्बन्धी २ दिने तालिम आजबाट सुरु भएको छ । 

नेफ्स्कूनका अध्यक्ष एवम् आयोजक साकोसका अध्यक्ष परितोष पौड्यालको को अध्यक्षतामा सुरु तालिममा नेफ्स्कून सञ्चालक एवम् उद्यमशीलता विकास उपसमिति संयोजक रिना आचार्य, कार्यक्रम अधिकृत रिता सुवेदी, संस्थाका व्यवस्थापक योगेन्द्र साउद सहित संस्थाका उपसमिति सदस्यहरु र उद्यमी महिलाहरु सहभागी हुनुभएको थियो । एशियाली ऋण महासंघ र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सञ्चालन हुने उक्त तालिम हाम्रो एकीकृत साकोसले संस्थाका महिला सदस्यहरुमा उद्यमशील सीप विकास गर्ने उद्देश्यसहित आयोजना भएको हो ।

बचत तथा ऋण सहकारी संस्थामा आबद्ध महिला सदस्यहरुलाई उद्यमी बनाउने अभिप्राय स्वरुप नेफ्स्कूनले आकूको सहयोगमा केही समय अघिदेखि यस प्रकारको तालिम सञ्चालन गर्दै आएको छ । सोही अनुरुप आज र भोलि हाम्रो एकीकृत साकोसका १० महिला सदस्यहरुलाई उद्यमशीलताको परिचय, उद्यम छनौट, लगानीको वस्तुगत आँकलन, प्रतिफलतको पूर्वानुमान, लेखा राख्ने विधि, योजना तर्जुमा, बजारीकरणका विविध तौरतरिका, प्रविधि र इकमर्श आदि विभिन्न विषयमा सहजिकरण गरिनेछ । दुईदिन सम्म सञ्चालन हुने उक्त तालिम सहजीकरण नेफ्स्कूनकी सञ्चालक रिना आचार्य र कार्यक्रम अधिकृत रिता सुवेदीले गर्नुहुने कार्यक्रम  छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र