मंगलबार, जेठ ८
०१:३१

चुरे जैविकमार्ग को सेवा केन्द्र विस्तार

आईतबार, फागुन ९
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कञ्चनपुर । सुदुरपश्चिमको कञ्चनपुरस्थित चुरे जैविकमार्ग बचत तथा ऋण सहकारी संस्था लि. ले बेदकोट नगरपालिका–९, लालपुरमा पहिलो सेवा केन्द्र सुरु गरेको छ । सेवा केन्द्रको उद्घाटन बेदकोट न.पा.–९ का अध्यक्ष राम सिंह धामी र नेफ्स्कूनका सञ्चालक एवम् सुदुरपश्चिम प्रदेश बचत संघका अध्यक्ष माधव प्रसाद जोशीले संयुक्त रुपमा गर्नुभएको थियो ।
 
सेवा केन्द्र उद्घाटन का क्रममा वडा अध्यक्ष धामीले स्थानीय सवै क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न सहकारीले चालेको कदमप्रति प्रशंसा गर्दै वडाको तर्फबाट संस्था विकासका लागि आवश्यक सहयोग गर्न प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
 सुदुरपश्चिम प्रदेश बचत संघका अध्यक्ष जोशीले सहकारीको प्रगति प्रति खुसी ब्यक्त गर्दै संस्था र नेफÞस्कूनको आपसी सम्बन्ध प्रगाढ रहेको र सो सम्बन्ध अझै उचाईमा पुर्याउन आफूले सक्दो सहयोग गर्ने बचत बद्धता व्यक्त गर्नुभएको थियो ।
 
कार्यक्रममा  वडा नं. ५ का वडा सदस्य जय बहादुर बोहरा, स्थानीय सहकारी प्रतिनिधिहरु, संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति सदस्यहरू, संस्थाका कर्मचारी, शेयर सदस्यहरू लगायतको उपस्थित रहेको थियो ।

२०६९ साल चैत्र १२ गते स्थापना भएको सहकारीको मुख्य कार्यालय दैजीमा छ । बेदकोट नगरपालिका भर कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यसहित वडा नं. ९, लालपुरमा पहिलो सेवा केन्द्र सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ । संस्थाका सचिव धर्मराज जोशीले स्थानीय विषयमिल्दा सहकारीहरुसँग एकीकरण गर्दै बेदकोट नगरपालिकाभर संस्थाको कार्यक्षेत्र विस्तार गर्ने नीति रहेको बताउनुभयो । 
 
यससँगै संस्थाले सदस्यमा बचत गर्ने बानीको विकास गर्न विभिन्न किसिमका बचत योजना ल्याएको छ भने वित्तीय साक्षरता कार्यक्रमहरुलाई पनि निरन्तरता दिने जनाएको छ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र