सोमबार, जेठ ७
११:५७

सामूहिक विकास साकोस सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) सम्पन्न 

शुक्रबार, फागुन ७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सामूहिक विकास साकोस, रुपन्देही को सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC) आज सम्पन्न भएको छ । फागुन ४ गतेदेखि पोखरामा सञ्चालित ४ दिवसीय उक्त तालिममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति एवम् व्यवस्थापनबाट गरी २२ जनाको सहभागिता रहेको थियो । तालिम सहजीकरण नेफ्स्कूनका प्राचार्य गणेश प्रसाद तिमल्सिना र बल्लभ तिमल्सिनाले गर्नुभएको थियो । तालिम समापनका क्रममा संस्थाका सल्लाहकार एवम् लुम्बिनी प्रदेश वचत ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपाल सहभागी हुनुभएको थियो । 

तालिम समापनका क्रममा बोल्दै संस्थाका अध्यक्ष सुरेन्द्र कुमार वर्माले तालिम प्रभावकारी रहेको र संस्थाको संस्थागत विकासका लागि अझै धेरै काम गर्न बाँकि रहेको हुँदा तालिममा सिकेका कुराहरुलाई हुवहु कार्यान्वयन गर्न प्रतिबद्ध रहँदै नेफ्स्कूनसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी तालिममा अन्य सहभागीहरुले पनि संस्थाको जोखिम व्यवस्थापनमा तालिम उपलब्धिमुलक रहेको विचार व्यक्त गर्नुभयो । 

सामुहिक विकास साकोस नेफ्स्कूनद्वारा प्रवर्द्धित गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल र एशियाली स्तरको गुणस्तर प्रमाणीकरण कार्यक्रम एक्सेस मा पनि आबद्ध छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र