शनिबार, वैशाख १५
०३:५७

सिको जिविकोपार्जन क्लबका अध्यक्ष र सचिवका लागि क्षमता अभिवृद्धि तालिम

बिहीबार, फागुन ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बर्दिया । जिल्लाको ठाकुरबाबा नगरपालिका भुरिगाउँस्थित सिको बचत तथा ऋण सहकारी संस्थाले सिको जिविकोपार्जन क्लबका अध्यक्ष र सचिवलाई क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ । आज आयोजित एक दिवसीय उक्त तालिम सहजीकरण संस्थाका अध्यक्ष दामोदर अधिकारीले गर्नुभएको थियो । 

अध्यक्ष र सचिवको जिम्मेवारी, काम, कर्तव्यको बारेमा प्रशिक्षण गरिएको उक्त तालिममा ५१ वटा सिको जिविकोपार्जन क्लबका अध्यक्ष र सचिव गरी १ सय २ जना सहभागी थिए । सहभागीहरुका लागि क्षमता अभिबृद्धि साथै वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिइएको थियो । स्थानीय टोलका कम्तिमा १० देखि २० जना सदस्य रहने गरी सिको जिविकोपार्जन क्लब गठन भएको संस्थाका व्यवस्थापक हरिहर पौडेलले जानकारी दिनुभयो । 

तालिममा संस्थाका बरिष्ठ उपाध्यक्ष उत्तम बहादुर खत्री, लेखा सुपरिवेक्षण समिति संयोजक जिवन कुमार शाही, ऋण उपसमिति सदस्य अर्जुन भण्डारी उपस्थित हुनुहुन्थ्यो । ७ हजार ६ सय १३ सदस्य रहेको उक्त संस्थाको कुल सम्पत्ति ३१ करोड पुगेको छ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र