मंगलबार, जेठ ८
१२:३५

लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण तालिम सम्पन्न 

बिहीबार, फागुन ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । बल्खुस्थित महिला शक्ति बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा एसियाली ऋण महासंघ (अकु) र नेफ्स्कूनको प्राविधिक सहयोगमा ब्यवसाय विकास सेवा अन्र्तगत लेखापालन, कानुनी ब्यवस्था तथा बजारीकरण तालिम आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नानुमैया वास्तोलाको अध्यक्षता र नेफ्स्कूनका सञ्चालक एवम् उद्यमशिलता विकास उपसमिति संयोजक रिना आचार्यको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको थियो । तालिममा महिला सञ्चालक सहित उद्यमी महिलाहरु र उद्यमशिलता विकासमा प्रतिबद्ध सेयर सदस्य महिलाहरुको सहभागिता थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेफ्स्कूनकी सञ्चालक रिना आर्चायले तालिमको उद्देश्यमाथि प्रकाश पार्दै महिलाहरु अब समयको माग अनुसार ब्यबसायिक उद्यमी बन्नुपर्ने र उद्यमशिलता विकासका लागि संघले सहयोग गर्ने धारणा ब्यक्त गर्दै नयाँ सोच र सिपले ब्यबसायमा लाग्न अनुरोध गर्नु भएको थियो ।

नेफ्स्कूनका सञ्चालक रिना आचार्यले उद्यमशीलताको परिचय, उद्यम छनौट, लगानीको वस्तुगत आंंकलन, प्रतिफलको पूर्वानुमान, लेखा राख्ने विधि, योजना तर्जुमा, बजारीकरणका विविध तौरतरिका, प्रविधि र इकमर्शको विषयमा सहजीकरण गर्नुभएको थियो भने कार्यक्रम अधिकृत रिता सुबेदीले ब्यवसायको चरण, बजार र बजार रणनीति माग र आपुर्तीको आधारमा बजार निर्धारण, लक्षित ग्राहक पहिचान, बजार प्रतिस्पर्धा र मुल्यश्रृंखला र अभिलेखको महत्व तथा ढाँचाहरु सम्बन्धी सहजीकरण गर्नुभएको थियो । 

तालिमका सहभागीहरुले आफु र आफ्नो ब्यवसाय विकासका लागि सहयोग पुगेको धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष विन्दु कार्की, सचिव सुजता श्रेष्ठ, कोषाध्यक्ष वविता बस्नेत, सञ्चालक सदस्य शारदा खड्गी, मनमाया लामिछाने, शान्त्ती शर्मा ढकाल लगायतको उपस्थिति थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र