शुक्रबार, वैशाख २८
०९:०६

आर्थिक आत्मनिर्भरता तरकारी फलफुल साकोसका सदस्यहरूको सामुहिक प्रतिबद्धता

बिहीबार, फागुन ६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । “एक्लै छैन अब म धेरै साथी पाछु, सिप सिकेर म पनि आत्मनिर्भर भाछु”। “आफ्नै कमाई आँफु खान्छु, तनाब नलिई बाँच्छु, सिप सिकेर म पनि आत्मनिर्भर भाछु ।” यसरी दिदीवहिनीहरूले गीत मार्फत सामुहिक सिप विकासमा जुट्ने र आत्मनिर्भर हुने प्रतिबद्धता जाहेर गर्नुभएको छ । यो प्रतिबद्धता हिजो कालिमाटी स्थित तरकारी फलफुल बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको महिला भेलामा सहभागी सदस्यहरुले गर्नुभएको हो । सदस्यहरुका लागि सिप विकास तालिमको आयोजनामा जुटेको संस्थाको महिला उपसमिति भेलाले तालिममा सहभागी हुने सदस्यहरुलाई  संस्थाको गतिविधि, तालिमको विषय र महत्व बारे जानकारी दिएको थियो । 

संस्थाका अध्यक्ष उज्वल कार्कीले तालिमको सान्दर्भिकता माथी प्रकाश पार्दै सदस्यहरुलाई सक्रिय सहभागिताका लागि अनुरोध गर्नुभएको थियो । ६५ जना शेयर सदस्यहरुको सहभागिता रहने १० दिने उक्त तालिम यहि फागुन ९  गतेबाट शुरु हुँदैछ । बरिष्ठ प्रशिक्षक एवम् उद्यमी कमला सुवेदीले सदस्यहरुलाई विभिन्न प्रकारका अचार, कुशन र गुडिया बनाउने सिप प्रदान गर्नुहुने संस्थाका व्यवस्थापक विमला पुडासैनीले जानकारी गराउनुभयो । 

महिला विकास उपसमितिका संयोजक कल्पना कुमारी चौलागाईंको अध्यक्षता र प्रशिक्षक कमला सुवेदीको प्रशिक्षण रहेको उक्त महिला सदस्य भेलामा संस्थाको गतिविधि बारे व्यवस्थापक पुडासैनीले जानकारी गराउनुभएको थियो । सहभागी सदस्यहरुलाई सामुहिक गीत मार्फत सिप विकास र आर्थिक उपार्जनका विषयमा उद्यमी कमला सुवेदीले उत्प्रेरित गर्नुभएको थियो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र