शुक्रबार, वैशाख २८
०६:४६

बागलुङमा सहकारीका एकैदिन तीन सेवा केन्द्र 

मंगलबार, फागुन ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बागलुङ । जिल्लाको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरुलाई गाउँ गाउँमा सहकारी सेवा दिने उद्देश्य सहित बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले, मुलपानी र काँठेखोला गाउँ पालिकाको तंग्राममा ३ वटा सेवा केन्द्र एकैदिन स्थापना गरेको छ ।

सिवाइसी सहकारी सेवा केन्द्रको उद्घाटन संविधान सभासदस्य प्रकाश पौडेलले सहकारीले शेयर सदस्यलाई बैंक सरहको सेवा सुविधा दिने जुन कार्यक्रम सुरूवात गरेको छ, यो सकारात्मक काम भएको बताउनुभयो । 

सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले जनतालाई गाउँ गाउँमा सहकारी सेवा पुर्याउने उद्देश्यले सेवा केन्द्र विस्तार अभियान शुरू भएको, धौलागिरि अञ्चललाई कार्य क्षेत्र बनाइ अहिलेसम्म ३० वटा सहकारी बिच एकीकरण गरिएको र युवा जनशक्तिलाई स्वदेशमै काम गर्न सहुलियत दरमा ऋण प्रवाह गरिरहेको बताउनुभयो । उहाँले अब अन्य १२ वटा सहकारी संस्थाबीच पनि एकीकरण प्रक्रियाको तयारी भएको बताउनुभयो । सरकारले छरिएर रहेका सहकारी संघ संस्थालाई एकीकृत गरि मजबुत सहकारी संस्था बनाउन दिएको निर्देशनको पालना गर्दै सहकारी एकीकरण सँगै गाउँ गाउँमा सहकारीका सेवा केन्द्र मार्फत सदस्यहरुको वित्तीय आवश्यकता पुरा गर्ने लक्ष्य संस्थाले लिएको अध्यक्ष शर्माले जानकारी गराउनुभयो ।

कार्यक्रममा स्वामी ऋषि प्रपन्नाचार्य, बागलुङ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ध्रुव केसी, बागलुङ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष खगराज पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, राष्ट्रिय कलाकार रेशम सापकोटा सहित स्थानीय जनप्रतिनिधि र स्थानीय सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । 

यस बर्ष ३० वटा सहकारी संस्था बीच एकीकरण भई १४ हजार ७ सय ८६ जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी २८ करोड ४७ लाख १० हजार ४ सय पुगेको छ । कुल बचत १ अरब ३१ करोड ८५ लाख ३७ हजार ५७ रूपैयाँ र १ अरब २ करोड ६८ लाख १३ हजार ८ सय ३७ रूपैयाँ ऋण प्रवाह गरेको छ ।

संस्थाले धौलागिरि भित्रका ३ जिल्लाः बागलुङ, पर्वत र म्याग्दी मा यस अघि नै २२ वटा सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । कार्यक्रमको अध्यक्षता सिवाईस साकोसका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले र कार्यक्रम सञ्चालन सहकारीका सचिव जयराम भारीले गर्नुभएको थियो । सबैभन्दा धेरै सहकारी एकीकरण गरी सहकारीको क्षेत्रमा उत्कृष्ट योगदान पुर्याए वापत सिवाइसी साकोस यस बर्ष नेफ्स्कूनद्वारा पुरस्कृत समेत भएको थियो । 

 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र