शुक्रबार, वैशाख २८
०८:०२

हाम्रो जनकल्याणद्वारा तेस्रो यात्रु प्रतिक्षालय निर्माणः आजै समुदायमा हस्तान्तरण

मंगलबार, फागुन ४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

दोलखा । जिल्लाको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो सामाजिक उत्तरदायित्व अन्गरगत प्राचिन ऐतिहासिक नगरी दोलखा बजारमा नागरिक प्रतिक्षालय निर्माण गरी औपचारिक कार्यक्रमका साथ आज समुदायलाई हस्तान्तरण गरेको छ । 

प्रतिक्षालयको उद्घाटान गर्दै भीमेश्वर नगरपालिका २ का वडा अध्यक्ष बिराजमान श्रेष्ठले हाम्रो जनकल्याण सहकारीले शेयर सदस्यको बचत तथा ऋण परिचालनको प्रभावकारितासँगै सामुदायिक गतिविधिमा समेत सहकार्य गरेकोमा धन्यावद दिदैं अझ समुदाय स्तरसम्म प्रविधियुक्त सेवा पु¥याउन आग्रह गर्नुभयो । 

आज नै सोही क्षेत्रका शेयर सदस्यको सुविधालाई ध्यानमा राखी दोलखा बजारमा संस्थाको दोस्रो नगद संकलन केन्द्रको समेत उद्घाटन गरिएको थियो । वडा अध्यक्ष बिराजमान श्रेष्ठ र संस्थाका अध्यक्ष राजन श्रेष्ठले संयुक्त रुपमा नगद संकलन केन्द्र र नागरिक प्रतिक्षालयको उद्घाटन गरिएको थियो । यसअघि संस्थाले यही फागुन १ गते भीमेश्वर नगरपालिकाको वडा नं. ५ मिलघुम्ती र कार्तिकेमा यात्रु प्रतिक्षालय समुदायमा हस्तान्तरण गरेको थियो भने चरिकोटमा नगद संकलन केन्द्र सञ्चालनमा ल्याएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र