सोमबार, वैशाख ३१
०६:४२

'सम्पत्ति शुद्धीकरण निवारणका विषयमा नियामक निकायको निर्देशन परिपालनामा गम्भीर बन्नुपर्छ'

सोमबार, फागुन ३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

ललितपुर । नेफ्स्कून ललितपुर फिल्ड कार्यालयको आयोजनामा फाल्गुन २ गते आइतबार 'सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम' (AML/CFT Training) सम्पन्न भएको छ । १ दिने तालिम सहजिकरण नेपाल राष्ट बैंकका पूर्व निर्देशक श्याम कृष्ण दाहालले गर्नुभएको थियो । स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा आयोजित तालिममा ललितपुर र काठमाडौंका विभिन्न संस्थाहरुबाट २९ जनाको सहभागिता थियो । 

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडयालले सम्पत्ति शुद्धिकरणको बिषयमा नियमनकारी निकायले जारी गरेको निर्देशन अनिवार्य परिपालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त बिषय गम्भीर ढंगले अगाडि बढेको बताउँदै,  kym फारम, नीति बनेको छैन भने मात्र पनि गम्भीर जरिवाना सहितको कारवाही रहेको बिषयमा सचेत हुँदै संस्था सञ्चालनमा जोड दिनु भयो । तालिम अतिरिक्त संस्थालाई निरन्तर नेफ्स्कूनले सहजिकरण गर्ने बिषय प्रस्तुत गर्दै अध्यक्ष पौडयालले target calendar बनाएर अभ्यास गर्न संस्थाहरुलाई सुझाब दिदै त्यस्को सहजिरकण नेफस्कूनले गर्ने अवगत गराउनुभयो ।

तालिम सहभागीहरुले नेफ्स्कूनले सञ्चालन गरेका तालिम उत्कृष्ट हुने भन्दै हिजोको तालिमबाट पनि धेरै बिषय प्रष्ट भएको धारणा राख्नुभएको थियो । कार्यक्रम समापन सत्रमा नेफ्स्कून फिल्ड ब्यवस्थापन उपसमिति सदस्य देवि श्रेष्ठले सहभागीहरुलार्इ प्रमाणपत्र बितरण गर्नुभएको थियो । समापन सत्रमा बोल्दै श्रेष्ठले सिकेको कुराले मात्र नपुग्ने व्यबहारमा उतार्न कार्यान्वयनमा जान सक्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रमको समन्वय तथा सन्चालन नेफ्स्कून फिल्ड कार्यालय ललितपुर प्रमुख दिनेश गौतमले गर्नु भएको थियो ।

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र