सोमबार, वैशाख ३१
०२:१७

नेपालको सहकारी सफलताको कथा संयुक्त राष्ट्र संघमा

आईतबार, फागुन २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सहकारीमार्फत समाज परिवर्तन सम्भव छ भन्ने विषय सैद्धान्तिक मात्र नभइ व्यावहारिक रुपमै विश्वभर प्रमाणित भैसकेको छ । नेपालको परिप्रेक्ष्यमा पनि समाज रुपान्तरणमा सहकारीको भूमिका संविधान, सरकार र सरोकारवालाहरुको प्राथमिकता भित्र परेको सर्वविदितै छ । हाम्रो मुलुकको सहकारी अभियान अब विश्वको चर्चाको केन्द्र बन्न थालेको छ । संयुक्त राष्ट्र संघमा नेपालको सहकारी अभियानले सकारात्मक चर्चा सँगै उचित स्थान पाएको छ । २०१९ को जुलाई ८ मा संयुक्त राष्ट्र संघको न्यूयोर्कस्थित मुख्यालयमा आयोजित संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा विश्वभरका सहकारीकर्मीहरुमाँझ नेपाली सहकारी अभियानको सफलताको कथा कार्यक्रममा परिचर्चाको विषय बन्यो । 

उक्त वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसका नारा 'मर्यादित श्रमका लागि सहकारी' थियो । उक्त कार्यक्रममा काठमाडौंको दक्षिणकालीस्थित भविष्य निर्माण साना किसान सहकारी संस्थामार्फत कृषक, युवा र महिलाहरुमा आएको जीवनस्तर परिवर्तन र सम्मानित अनि मर्यादित श्रमको प्रवर्धनका विषयमा एक वृत्तचित्र प्रस्तुत गरिएको थियो । उक्त वृत्तचित्रलाई केन्द्रविन्दूमा राखेर त्यो छलफलमा सहकारी योगदान र भूमिकाका बारेमा बहस भएको थियो । उक्त वृत्तचित्र निर्माताहरुले अन्तरक्रियात्मक कार्यक्रममा समेत भाग लिएर निर्माणको उद्देश्य र नेपाली सहकारी अभियानको बारेमा चर्चा समेत गरेका थिए । कार्यक्रममा राष्ट्र संघ अन्तर्गतको सहकारी विकास तथा प्रवर्धन समिति (कोप्याक), विभिन्न मुलुकका राष्ट संघका राजदूतहरु, सहकारी प्रतिनिधिहरु एवम् विश्व सहकारी अभियानका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । यो तहको अन्तर्राष्टिय जमघटमा नेपालको एक सहकारी संस्थामार्फत भएको समाज रुपान्तरणको विषयमा एक मात्र वृत्तचित्र प्रदर्शन गरी छलफल केन्द्रीत भएको सम्भवतः पहिलो कार्यक्रम थियो । यसले नेपालको सहकारी अभियानको विश्वव्यापी फैलावटलाई प्रमाणित गर्दछ ।

काठमाडौंको दक्षिणकाली क्षेत्रका बासिन्दाहरुले कृषिकर्मका लागि आवश्यक ऋण जोहो गर्न साहू महाजनको चर्को व्याजको बोझ खेप्नुपर्दथ्यो । त्यसको उन्मुक्तिको प्रयास स्वरुप स्थानीयहरुले सहकारीलाई उत्तम सर्वोत्तम विकल्प रोजे । उनीहरु सबैले सल्लाह गरेर भविष्य निर्माण साना किसान सहकारी स्थापना गरे जसका कारण त्यस क्षेत्रका महिला तथा युवाहरु दिगो र सम्मानित भविष्य निर्मार्णको मार्ग चित्र निर्माण गर्न सफल भएका छन् । हेर्नुहोस् उक्त कार्यक्रम र नेपाली सहकारीको वृत्तचित्र

 

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र