आईतबार, वैशाख ३०
११:०७

कास्कीको जनसेवा साकोस एक्सेस कार्यक्रम आबद्ध 

आईतबार, फागुन २
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कास्की । जिल्लाको पुरनचौरस्थित जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड एशियाली ऋण महासंघ–आकूको प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा सञ्चालित बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी एशिया स्तरको स्तरीकरण कार्यक्रम एक्सेस्मा आबद्ध भएको छ । यस सम्बन्धमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र संस्थाबीच आज औपचारिक सम्झौता भएको छ । संस्थाको तर्फबाट अध्यक्ष चेतनाथ गौतम सहित उपाध्यक्ष र सञ्चालक तथा लेखा समितिका सदस्यहरु र नेफ्स्कूनको तर्फबाट सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल, अनुगमन अधिकृत सुर्यप्रसाद तिमल्सिना सहभागी हुनुहुन्थ्यो । २०७३ सालदेखि प्रोबेसन कार्यक्रममा आवद्ध साकोसले यस आ.ब.मा ब्राण्ड प्राप्त गर्न सफल भएको छ ।  

समुदायमा आधारित यस साकोसले सदस्य हितमा रही बचत तथा ऋण लगायत विभिन्न सदस्य सेवा केन्द्रीत कार्यक्रमहरुलाई अगाडि बढाएको छ ।  १८ सय ७ सेयर सदस्य रहेको संस्थाको वासलात २६ करोड छ । संस्थाका अध्यक्ष चेतनाथ गौतमले भन्नुभयो, “जनसेवा साकोस कास्की जिल्लाबाट प्रोबेसन ब्राण्ड प्राप्त गर्न सफल एक मात्र संस्था हो, अब नेफ्स्कूनसँगको सहयोगमा संस्थालाई एशियाली स्तरको गुणस्तर हासिल गर्ने अभियानमा पनि सक्दो मेहनतका साथ लागि पर्नेछौं ।”

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र