आईतबार, वैशाख १६
०९:५८

सहकारी प्रतिनिधिहरुद्वारा नापी कार्यालय मकवानपुरमा अनुरोधपत्र  

बुधबार, माघ २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मकवानपुर । नापी कार्यालय मकवानपुरले सहकारी संस्थाहरुलाई जग्गाको ट्रेस नक्सा लगायत विविध कार्य सहजताका लागि सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरेको छ । आज नेफ्स्कून फिल्ड कार्यालय मकवानपुर, जिल्ला बचत संघ मकवानपुर र राष्ट्रिय सहकारी बैंक सहितको टोलीले सहकारी संस्थाको काममा भएको ढिलाईसुस्तीप्रति नापी कार्यालयको ध्यानाकर्षण गराएको थियो । जग्गाको नक्सा बैंक तथा वित्तीय सहकारी संस्थाहरुलाई बिगत देखि नै उपलब्ध गराउदै आईरहेकोमा हाल बैंक तथा वित्तीय संस्थाले ट्रेस नक्सा आवश्यक भई सम्बन्धित शेयर सदस्यहरुलाई चिठ्ठी पठाउदा वित्तीय संस्थाको प्रतिनिधि नै अनिवार्य उपस्थित हुनुपर्ने भनि गरिएको व्यवस्थाले आम सदस्यमा पर्न गएको असुविधा प्रति जनगुनासो बढेको थियो । सोही विषयमा सहकारी प्रतिनिधिमण्डल सहितको टोलीले प्रमुख नापी अधिकृत पूर्ण हरि सुबेदीसमक्ष अनुरोधपत्र बुझाएको हो । नापी प्रमुख सुवेदीले बैंक वित्तीय संस्थाको चिठी लिइ आउने सदस्यहरुलाई आवश्यक नक्सा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सहभागी सहकारी प्रतिनिधिमण्डलमा नेफ्स्कून मकवानपुर फिल्ड व्यबस्थापन उपसमिति सदस्यहरु राजु गौतम, राजेन्द्र पौडेल, बिजय बहादुर बस्नेत, नेफ्स्कून फिल्ड कार्यालय प्रमुख ज्योति महत, कार्यक्रम अधिकृत विदुर खड्का, राष्ट्रिय सहकारी बैंकका ब्रान्च म्यानेजर रामेश्वर अर्याल हुनुहुन्थ्यो । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र