आईतबार, वैशाख १६
१२:०९

आधारशिला कार्यक्रम अन्तर्गत दाङमा सहकारी सचेतना कार्यक्रम सुरु 

मंगलबार, माघ २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

तुलसीपुर उपमहानगरपालिका र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनबीच सम्पन्न आधारशिला कार्यक्रममा सम्झौता भैसकेको परिप्रेक्ष्यमा २ दिने सहकारी सचेतना कार्यक्रम आज सुरु भएको छ । उपमहानगरपालिकाको सभाहलमा कार्यक्रम सुभारम्भ भएको हो  । तुलसीपुर उपमहानगरपालिका का सहकारी संयोजक एबम ७ नम्बर वडाध्यक्ष्य टोप बहादुर केसी को सभाअध्यक्ष एवम् नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा  कार्यक्रमको उद्घाटन सत्र समापन भएको थियो ।

कार्यक्रम को उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख पाण्डेले सरकारको समाजबाद प्रतिको उदार धारणाले गर्दा ३ खम्बे अर्थनीतिको एक खम्बा सहकारी राखेको तर जुन गतिले सहकारीको विकास हुनु पर्ने त्यो नभएको बताउनु भयो । तुलसीपुर उपमहानगरपालिका लाई सहकारीको हब बनाउन नेफ्स्कूनसँग सहकार्य गरी आधारशिला कार्यक्रम संचालन गरेको  बताउनु भयो । नेपालमा हेर्न लायक सहकारी मध्ये दाङको तुलसीपुरमा पनि उत्कृष्ट सहकारी बनाउने महाअभियानमा सहयोग गर्न यस क्षेत्रका सम्पुर्ण सहकारीहरुलाइ उहाँले अह्वान पनि गर्नुभयो । उहाँले सहकारीको सात सिद्धान्तहरु पालना गर्ने मात्रै वास्तवमा सहकारी भएको तर सिद्धान्त बाहिर गएर कारोवार गर्ने सहकारीहरुलाई नियमनको दायरामा ल्याइउने नगर प्रमुख पाण्डेले बताउनुभयो । सहकारीले आफ्ना शेयर सदस्यहरुसँग सेयर ,बचत र ऋण लगानी प्राभावकारी ढंगले सन्चालन गर्न पनि निर्देशन दिनु भयो  ।

२ दिन सम्म चल्ने कार्यक्रममा तुलसीपुर उपमहानगर पालिकाका विभिन्न प्रकृतिका ४५ सहकारीका ५० जना भन्दा बढी को सहभागितामा छ ।   नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य हेमन्त योगीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा फिल्ड व्यवस्थापन उपसमिती सदस्य रमा आचार्य, लगाएतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो । नेफ्स्कूनका वरिष्ठ अधिकृत नविनराज दाहालले आधारशिला कार्यक्रमको विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण नेफस्कून दाङका इन्चार्ज बेद प्रसाद भट्टराईले गर्नु भएको थियो भने व्यवस्थापन सहयोग नेफस्कूनका बरिष्ठ कार्यक्रम सहायक मनोहर आचार्यले गर्नु भएको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र