आईतबार, वैशाख १६
०६:२९

साकोस सञ्जाल एवम् नेफ्स्कूनको सेवा तथा व्यवसायहरु सम्बन्धमा सतुंगलमा अन्तरक्रिया 

मंगलबार, माघ २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कूनले आज साकोस सञ्जाल एवम् संघको सेवा तथा व्यवसायहरु सम्बन्धमा काठमाडौंको सतुंगलमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नेफ्स्कून कलंकी फिल्ड कार्यालयको अग्रसरतामा भएको कार्यक्रममा कलंकी र आसपासका क्षेत्रका करिब २६ साकोसका ३५ जनाको प्रतिनिधित्व रहेको थियो । कार्यक्रमका सहभागीहरुले नेफ्स्कूनसँग आफुहरुले निरन्तर सेवा व्यवसाय गरिरहेको भन्दै सम्बन्ध थप मजबूत बनाउन प्रविधिकरणमा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । सहभागीहरुले स्थिरीकरण कोष, सदस्यता, तालिम तथा शिक्षा, प्रविधिकरण आदिका विषयमा विभिन्न जिज्ञासाहरु राख्नुभएको थियो ।

कार्यक्रममा नेफ्स्कून कलंकी फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक एवम् संघका सञ्चालक सदस्य जनक कार्की तथा सदस्यहरु नारायण महर्जन, सुर्य महर्जन, लेमन श्रेष्ठको उपस्थिति थियो । संयोजक खत्रीले सदस्यहरुको इच्छा र अपेक्षालाई केन्द्रमा राखेर नेफ्स्कूनले आफ्ना सेवा व्यवसायहरु सञ्चालन गर्नेमा सहभागीहरुलाई आश्वस्त तुल्याउनुभएको थियो ।

सदस्यहरुको जिज्ञासा सम्बोधन गर्दै नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र व्यवसाय विभाग प्रमुख राधेश्याम श्रेष्ठले प्रविधिकरणमा नेफ्स्कूनले विशेष जोड दिएको भन्दै विविध सेवा र योजनाका बारेमा पनि जानकारी गराउनुभएको संघको कलंकी फिल्ड कार्यालय इन्चार्ज अस्मिता अधिकारीले बताउनुभयो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र