आईतबार, वैशाख १६
११:३५

स्थापना दिवसको अवसरमा ग्रामीण साकोसको सामाजिक कार्य

मंगलबार, माघ २७
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सल्यान । जिल्लाको शारदा नगरपालिका–२ खलंगास्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापना दिवसको पूर्वसन्ध्यामा विविध सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रम सञ्चालन गरेको छ  । 

स्थापना दिवसको अवसर पारेर हिजो देखि विविध कार्यक्रमहरुको शुरुवात भएको संस्थाका प्रवन्धक शान्ता राइले जानकारी गराउनुभयो । संस्थाले त्रिजमावि मार्केमा कक्षा ११ र १२ मा अध्ययनरत ३१ जना विद्यार्थीहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । यस अघि पनि संस्थाले विभिन्न समयमा विद्यालयहरुमा गरिएको वित्तीय शिक्षा कार्यक्रम प्रभावकारी भएको प्रवन्धक राइले जानकारी गराउनुभयो । उहाँले विद्यार्थीहरुमा वित्तीय शिक्षाको ज्ञान हुँदा अभिभावकहरुलाई सहकारीमा जोड्न सकिएको र बाल बचत पनि बढ्ने गरेको बताउनुभयो । 

त्यसैगरी संस्थाले जिल्लामा रगत अभावको समस्या न्यून गर्न रक्तदान कार्यका लागि ५४ जना स्थानीय व्यक्ति एवम् सदस्यहरुको रक्त समूह पहिचान तथा अभिलेखीकरण गरेको छ । स्थानीय समुदाय तथा सदस्यहरु विरामी परेको र रगत आवश्यक परेको बेलामा भन्नेवित्तीकै रक्तसमूह मिल्ने व्यक्ति उपलब्ध नहुने भएकोले संस्थाले रक्त पहिचान गरी अभिलेख राख्ने कार्यलाई प्राथमिकता दिएको संस्थाका अध्यक्ष धिरेन्द्र कुमार शाक्यले जानकारी गराउनुभयो । स्थापना दिवस विशेष समारोहका अवसरमा संस्थाले भोलि विहान वित्तीय साक्षरताको व्यानर सहित प्रभातफेरीको कार्यक्रम र दिउँसो जेष्ठ सदस्य सम्मान कार्यक्रम राखेको छ । 

वि.सं. २०५१ साल माघ २८ गते  स्थानीय ३१ जना महिला तथा पुरुषहरुको सहभागितामा शुरु भएको सहकारी आज २७ औं वर्ष प्रवेश गर्दै गर्दा १८ सय ४२ सदस्यमार्फत कुल २० करोड ४७ लाखको कारोबार गरिरहेको छ । सस्थामा कुल २ करोड २९ लाख सेयर पुँजी, १५ करोड ३ लाख १८ हजार बचत संकलन र १५ करोड ५ लाख ७७ हजार ऋण लगानी रहेको छ । संस्था नेफ्स्कूनद्वारा प्रवर्द्धित एशियाली स्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेस मा आबद्ध छ भने नेपाल स्तरको गुणस्तर प्रमाणिकृत कार्यक्रम प्रोबेसनमा ५ बर्षदेखि नियमित रुपमा ब्राण्ड प्राप्त गर्न सफल छ । 
    

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र