आईतबार, वैशाख २३
०४:०४

नेफ्स्कूनसँग सहकार्य गर्न रंगेली नगरपालिका तयार

सोमबार, माघ २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मोरङ । प्रदेश नं १ को मोरङ् जिल्ला स्थित रंगेली नगरपालिकाले स्थानीय सहकारी संस्थाहरुलाई सक्षम, दिगो र सुशासित बनाउन नेफ्स्कूनसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । रंगेली नगरपालिकाका मेयर दिलिप कुमार अग्रवालले नेफ्स्कूनसँग सहकार्य गर्न नगरपालिका तयार रहेको आज बताउनुभएको होे । उहाँले आवश्यक सहयोग र समन्वयका साथ अघि बढ्ने समेत बताउनुभयो । आज नेफ्स्कूनले आफ्ना सेवा तथा व्यवसाय सम्बन्धमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि मेयर अग्रवालले त्यस्तो धारणा राख्नुभएको हो ।  नेफ्स्कून फिल्ड कार्यालय इटहरीको आयोजनामा भएको कार्यक्रममा स्थानीय १५ साकोसका २८ जनाको सहभागिता थियो । 

कार्यक्रमको औचित्य सम्बन्धमा नेफ्स्कून संचालक सदस्य एवम् फिल्ड कार्यालय इटहरीकी संयोजक गोमा नेपालले संघको रणनीतिक कार्यदिशा, नीति, विधि र प्रविधिमा जोड, आबद्धताका साथै सेवा व्यवसायका विविध पक्षका बारेमा स्पष्ट पार्नुभएको थियो । उहाँले सबै बचत तथा ऋण सहकारीहरुलाई सहकारी सञ्जालमा आवद्ध भई ऐक्यवद्ध भएर अघि बढ्न उत्प्रेरित गर्नुभएको थियो । सञ्चालक नेपालले सहकार्य गरी सहकारी संस्था ,नेफ्स्कून र पालिकाहरु अघि बढ्न सके सहकारी संस्थाहरुको संस्थागत विकास सम्भव हुने बताउनुभयो । 

कार्यक्रमको सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत मुकेश दाहाल र फिल्ड इन्चार्ज पवन घिमिरेले संयुक्त रुपमा गर्नु भएको थियो । सहजकर्ताद्वयले सहकारीको परिचय, मूल्य मान्यता र सिद्धान्त,नेफ्स्कूनको इतिहास, परिचय,नेफस्कुनको हालको अवस्था नेफ्स्कूनमा आवद्धताको प्रक्रिया,औचित्य र सम्भावना ,संघको सेवा तथा व्यवसाय, हाल संचालित कार्यक्रमहरु आदि विषयवस्तुहरुमा छलफल चलाउनुभएको थियो । नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी प्रमाणीकरण कार्यक्रम प्रोवेसनका सम्बन्धमा पनि नेफ्स्कूनकी सञ्चालक नेपाल र सहजकर्ताहरुले सहभागीहरुलाई अभिमुखिकरण गर्नुभएको थियो । कार्यक्रम संचालन नेफ्स्कून इटहरी फिल्ड कार्यालय इन्चार्ज पवन घिमिरेले गर्नुभएको थियो ।

 

 


         
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र