आईतबार, वैशाख २३
१०:५५

गोंगबुमा प्रोवेसन कार्यक्रम अभिमुखिकरण

सोमबार, माघ २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । गोंगबु क्षेत्रमा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुको लागि नेफ्स्कूनको आयोजनामा प्रोवेसन कार्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कार्यक्रमको उद्घाटन गनुहुँदै नीति विधि र प्रविधिमा संस्थाहरु संचालन गर्नको लागि संघद्धारा सञ्चालित गुणस्तर सूनिश्चितताका कार्यक्रमहरुमा आवद्ध हुन ढिला गर्न नहुने बताउनु भयो । उहाँले संघले लिएको रणनीतिक उदेश्य प्राप्ति गर्न र संस्थाहरुको जोखिम न्यूनीकरण गर्नका लागि पनि प्रोवेसन कार्यक्रममा आवद्ध हुनु पर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रमको अध्यक्षता नेफ्स्कूनका सञ्चालक एवम् गोंगबु फिल्ड कार्यालय व्यवस्थापन उपसमतिका संयोजक न्हुन्छे नारायण श्रेष्ठले गर्नुभएको थियो भने उपसमितिका सदस्यहरुको पनि सहभागिता थियो । कार्यक्रममा सो क्षेत्रमा संचालिन १९ वटा सहकारी संस्थाका २६ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम सहजिकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी र गोंगबु फिल्ड ईन्चार्ज प्रकाश अधिकारीले गर्नु भएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र