सोमबार, वैशाख ३१
१२:२८

धरानको झरना साकोस एक्सेस् कार्यक्रममा आबद्ध

सोमबार, माघ २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुनसरी । धरानस्थित झरना बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनले एशियाली ऋण महासंघको सहयोगमा सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तर्राष्टिय प्रमाणीकरण कार्यक्रम एक्सेस् मा आबद्ध भएको छ । उक्त सम्बन्धमा नेफ्स्कून र साकोसबीच सम्झौता भएको छ । संस्थाको कार्यालयमा माघ २३ गते आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हो । संस्थाका व्यवस्थापक सन्दिप मगरले धरान उपमहानगरपालिका भर कार्यक्षेत्र रहेको साकोसलाई वित्तीय रुपमा सबल, सक्षम, विश्वसनीय र दिगो बनाउँदै सदस्यहरुको पहिलो रोजाईको सहकारी संस्था बनाउन एक्सेस् कार्यक्रममा आबद्ध भएको जानकारी गराउनुभयो । संस्थालाई नीति, विधि र प्रविधिमा उत्कृष्ट बनाउन एक्सेस् कार्यक्रममा सहभागी भएको उहाँको भनाई थियो । 

२०६८ साल जेठ १९ गते स्थापित झरना साकोसमा हाल १६ सय ५७ सेयर सदस्य छन् भने २ करोड ७८ लाख सेयर पुँजी रहेको छ । ४४ करोड ऋण लगानी गरेको संस्थाको निक्षेप ४९ करोड रहेको व्यवस्थापक मगरले बताउनुभयो । साकोसमा हाल २० जना कर्मचारी कार्यरत छन् । विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै स्थापित मानकहरुको आधारमा संस्था सञ्चालन गर्नु आजको आवश्यकता भएकाले नेफ्स्कूनले सञ्चालन गरेको प्रतिष्ठित प्रमाणीकरण कार्यक्रममा सहभागी भएको उहाँले उल्लेख गर्नुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र