सोमबार, वैशाख ३१
०१:३६

धादिङमा भाखा नाघेको ऋण व्यवस्थापन तालिम सम्पन्न

सोमबार, माघ २६
साकोसआवाज प्रतिनिधि
saccosaawaj

धादिङ । धादिङ जिल्लाका सहकारी संस्थाहरुको लागि २ दिने भाखा नाघेको ऋण व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । धादिङ बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा माघ २४ र २५ गते सञ्चालित तालिममा जिल्लाका सहकारी संस्थाका २० जनाको सहभागिता थियो । 

तालिममा सहकारी संस्थाले प्रवाह गर्ने ऋणको गुणस्तर, ऋण लगानी प्रक्रिया, ऋणको भाखा नाघ्नुको कारणहरु, ऋण लगानी र असुली सम्बन्धी प्रचलित कानुनी व्यवस्था, ऋण असुली प्रकृया, संस्थाले ऋण व्यवस्थापनमा ध्यान दिनु पर्ने कुराहरु जस्ता विषयमा सहभागिहरुलाई जानकारी गरिएको थियो । तालिममा सहकारी संस्थाका व्यवस्थापकहरु, ऋण अधिकृतहरु, ऋण उपसमितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण बचत संघका व्यवस्थापक गोकर्ण दुवाडीले गर्नुभएको थियो । 

कोभिड १९ का कारण सहकारी संस्थाहरुमा भाखा नाघेको ऋण बढ्दै गएकाले संस्थाहरु जोखिममा पर्ने सम्भावना भएकाले भाखा नाघेको ऋण असुलीमा सहयोग गर्न तालिम आयोजना गरिएको नेफ्स्कुन फिल्ड कार्यालय व्यवस्थापन समितिका सदस्य एवं बचत संघ धादिङका सचिव तुलसी प्रसाद अधिकारीले बताउनु भयो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र