सोमबार, वैशाख ३१
०८:४०

महिला प्रयास साकोसको सहकारी शिक्षा शिविर

आईतबार, माघ २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । धुम्बाराहीस्थित महिला प्रयास बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा आज सहकारी शिक्षा शिविर सञ्चालन गरिएको छ । संस्थामा आबद्ध एवम् सम्भावित सदस्यहरुलाई सहकारी सम्बन्धी आधारभूत शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालित शिक्षा शिविरमा करिब ८० जनाको सक्रिय सहभागिता रहेको थियो । संस्थाका सदस्य एवम् सम्भावित सदस्यहरुलाई सहकारी एवम् बचत तथा ऋण सहकारी सञ्चालनका आधारभूत विषयहरुमा जानकारी प्रदान गर्ने उद्देश्यका साथ आयोजित शिविरमा महिला प्रयास साकोसकी अध्यक्ष एवम् कास्कूनकी सञ्चालक विनिता अधिकारीले प्रस्तुति सहित सहिजकरण गर्नुभएको थियो ।

संस्थाले प्रत्येक वर्ष सदस्यहरुलाई सहकारी शिक्षा शिविर मार्फत शिक्षा प्रदान गर्दै आएको छ । आजको सहकारी शिक्षा शिविरको प्रमुख अतिथि कपनका समाजसेवी मिठाराम थापा हुनुहुन्थ्यो । कपनमा आयोजित उक्त शिविरका प्रमुख अतिथि स्थानीय समाजसेवी एवम् पूर्व गाविस अध्यक्ष थापा रहुनभएको हो । महिला प्रयासको सेवा केन्द्र कपनमा अवस्थित छ । संस्थाकी अध्यक्ष अधिकारीले शिक्षित सदस्यहरु भएमा मात्रै सहकारी सफल हुने आधारभूत मान्यतालाई महिला प्रयासले आत्मसात गर्दै तालिम र शिक्षामा बिशेष जोड दिदैं आएको साकोस आवाजलाई बताउनुभयो । एशियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत लेनीले पनि विगतमा अकूको साधारण सभालाई सम्बोधन गर्दै बचत ऋण सहकारीहरुमा शिक्षित सदस्य हुनु भनेको सुरक्षित साकोस हुनु सरह भएको उल्लेख गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र