आईतबार, वैशाख ३०
१०:०३

नवदुर्गा साकोसको अर्धवार्षिक समिक्षा एवम् संचालक कर्मचारी तालिम सम्पन्न 

आईतबार, माघ २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

पनौती । नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समिक्षा गोष्ठी तथा संचालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम शनिवार सम्पन्न भएको छ । संस्थाका सल्लाहकार तथा पनौती नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सहकुल कुमार हुमागाई उदघाटन सत्रको प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै हुमागाईले सहकारीले बचत तथा ऋणका अलावा कमजोर वर्गलाई ध्यानमा राखेर कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनुभएको थियो । संस्थाका सचिव अकुर प्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सल्लाहकार विदुर हुमागाई यज्ञप्रसाद हुमागाई उपसमितिका केदार नाथ आचार्य, लेखा तथा सुपरिवेक्षण समिति संयोजक रमेशराज राजलवट लगायतले सहकारी संस्थाको विषयमा बोल्नुभएको थियो । 

सहकारीको अर्धवार्षिक वित्तीय अवस्थाका बारेमा जानकारी गराउँदै संस्थाका कार्यकारी अधिकृत दिपक तिमल्सिनाले संस्थाले सहकारीको मर्म र धर्म बमोजिम कार्य गर्दै आएको बताउँदै विभिन्न ६ वटा संंस्था एकीकरण भएर ग्रामीण क्षेत्रलाई लक्षित गरि सेवा प्रवाह गर्दै आएको जानकारी दिनुभयो । उनका अनुसार जिल्लाको साविकका ११ गाविसलाई कार्यक्षेत्र बनाएको संस्थाले पौष मसान्त सम्ममा ४७०४ जनालाई कुल ४ करोड १९ लाख ५८ हजार ९ सय रुपैंयाको शेयर प्रदान गर्न सफल भएको छ । कुल ४३ करोड ४१ लाख २४ हजार ५ सय ६९ कुल पुँजी जम्मा गर्न सफल संस्थाको ३६ करोड १० लाख ९२ हजार ३ सय ३६ कर्जा लगानीमा रहेको छ । औषतमा १३.४० प्रतिशत व्याजदरमा ऋण प्रवाह गरेको संस्थाले बचतकर्तालाई औषतमा ८.६० प्रतिशत व्याज दिएको छ । संस्थाले आगामी असार मसान्तमा कुल पुँजी ५१ करोड २२ लाख ३५ हजार ९ सय पुर्याउने प्रक्षेपण गरेको छ ।

संस्थाको अर्धवार्षिक समिक्षा पछि संचालक तथा कर्मचारीका लागि क्षमता अभिबृद्धि तालिम संचालन गरिएको थियो । कास्कूनका प्रमुख कार्यकारी अधिकृत तथा सहकारी प्रशिक्षक कृष्ण प्रसाद आचार्य प्रशिक्षण दिनु भएको थियो । संस्थाको विकासका लागि संचालक तथा कर्मचारीहरुको भूमिकाका विषयमा आचार्यले सहजीकरण गर्नुभएको थियो । नगरकोटको होटल चौतारीमा भएको कार्यक्रमको शनिवार समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै संस्थाका सल्लाहाकार तथा नेपाल बार एशोसियसन काभ्रे शाखाका पूर्व अध्यक्ष रमेश प्रसाद हुमागाईले तालिमका सिकेका विषय संस्थामा प्रत्यक्ष रुपमा देखिनुपर्ने कुरामा जोड दिनुभएको थियो । कुल ७३ जना सहभागि कार्यक्रममा प्रमुख अतिथि हुमागाईले प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका सल्लाहाकार उपेन्द्र हुमागाईले गर्नुभएको थियो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र