मंगलबार, जेठ १
१२:१४

प्रदेश नं १ का सहकारीहरुले फागुन २० भित्र वार्षिक प्रतिवेदन बुझाउनुपर्ने 

आईतबार, माघ २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

इटहरी । प्रदेश नं १ सहकारी रजिष्ट्रार कार्यालयले आफ्नो नियमन अधिकार क्षेत्रभित्रका सहकारीहरुलाई आगामी फागुन २० गतेभित्र वार्षिक प्रतिवेदन पेश गर्न सूचना जारी गरेको छ । प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, इटहरीले सूचना प्रकाशित गरी सहकारीलाई वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७६ ०७७ को को लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन अनिवार्य पेश गर्न निर्देशन दिएको हो ।

कार्यालयले आफ्नो नियमन क्षेत्राधिकारभित्रका सहकारी संघरसंस्थाहरुको तथ्याङ्क अद्यावधिक गरी चाँडै पुस्तिका प्रकाशित गर्ने उद्देश्य लिएकाले प्रतिवेदन संकलन कार्यलाई अभियानको रुपमा संचलान गरेको जनाएको छ ।

तोकिएको समयमा प्रतिवेदन पेश नगर्ने सहकारीलाई निष्क्रिय सूचीमा राखी पुस्तिका प्रकाशित गर्ने तथा प्रचलित कानून बमोजिम जरिवाना लगायतको कारवाही समेत अगाडि बढाउने कार्यालयले सूचनामा उल्लेख गरेको छ । संघीय सहकारी विभागको तथ्यांक अनुसार प्रदेश १ मा कुल ४ हजार ७ सय ३७ सहकरी छन् भने सदस्य सङ्ख्या जम्मा ९ लाख ३५ हजार ७ सय रहेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र