आईतबार, वैशाख ३०
०५:४६

बुडोल सामुदायिकको २२ औँ वार्षिकोत्सव सम्पन्न

आईतबार, माघ २५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बनेपा । काभ्रेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को ं२२ औँ वार्षिकोत्सव बनेपा ६, बुडोलस्थित चेतना केन्द्रमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्वमा कोभिड–१९ को जोखिम मध्यजनर गरी सुरक्षाका उपायहरुसहित हिजो आयोजना गरिएको समारोहको ढाँचा विगत वर्षहरुको भन्दा फरक रहेको थियो । समारोहमा जसमा अतिथिहरुलाई आमन्त्रण गरिएको थिएन भने विविध साँस्कृतिक झाँकीहरुलाई पनि समावेश गरिएको थिएन । समारोहमा संस्थाका उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख सल्लाहकार रामहरि के.सी.ले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा आ.व. ०७६।०७७ मा उत्ृकष्ट हुन सफल संस्थाका कर्मचारी, उत्कृष्ट बालबचतकर्ता, बचतकर्ता, ऋणी, शेयर खरीदकर्ता सदस्यहरु, उत्कृष्ट रक्तदाताहरु र आ.व. ०७६।०७७ मा संरक्षित पूँजी फिर्ताकोषबाट अधिकतम रकम प्राप्त गर्ने २० जना सदस्यहरुलाई समेत नगद रकम सहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव जयराम थापाले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन संस्थाका अध्यक्ष एवं समारोहका सभापति कैलाश के.सी.ले गर्नुभएको थियो । समारोहको अवसरमा २६ औँ रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र