आईतबार, वैशाख ३०
०५:२०

कर्बस् काठमाडौं पहिलो समूहको १४ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला

शनिबार, माघ २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । स्मरण बचत तथा ऋण सहकारी संस्था लि. अनामनगरको आयोजनामा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम-कर्बस् काठमाडौं पहिलो समूहको १४ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला आज सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो भने संघका कोषाध्यक्ष दिपक पनेरु, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल एवम् अनुगमन अधिकृत सोबिता मैनाली, कास्कूनकी अधिकृत सबिना न्यौपाने लगायत समूहमा आबद्ध साकोसका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको प्राविधिक सहयोग नेफ्स्कून एवम् कास्कूनको रहेको थियो । कार्यक्रममा नेफ्स्कूनका महासचिव अधिकारीले साकोसहरु संघले सञ्चालन गरेको गुणस्तर सुनिश्चितता सम्बन्धी कार्यक्रमहरुमा आबद्ध भएका कारण नै कोभिडको समयमा पनि अत्यन्त न्यून जोखिममा सदस्य सेवा पुर्याउन सफल भएको भन्दै प्रशंसा गर्नुभयो । सदस्य संस्थाहरुलाई जस्तो सुकै सहयोग गर्न नेफ्स्कून तयार रहेको पनि कार्यक्रममा महासचिव अधिकारीले बताउनुभयो ।

नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख ढकालले उत्प्रेरणामूलक प्रस्तुति दिनुभएको कार्यक्रममा सहभागी साकोसका प्रतिनिधिहरुले आफ्नो संस्थाको वित्तीय र संस्थागत सूचकहरुका सम्बन्धमा आवश्यक कार्ययोजना बनाई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता स्मरण साकोसका अध्यक्ष ठाकूर प्रसाद त्रिपाठीले गर्नुभएको थियो । समूहको अर्को कार्यशाला भद्रावती साकोसको आयोजनामा बैशाख २४ गर्ने निर्णय समेत भएको छ । कोभिड १९ शुरु भएयता आज पहिलो पटक उक्त समूहको भौतिक कार्यशाला आयोजना गरिएको नेफ्स्कूनकी अनुगमन अधिकृत मैनालीले जानकारी गराउनुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र