शनिबार, वैशाख २९
०२:०३

जागरण साकोसका आयोजनामा एक्सेस छैठौँ व्याचको सातौँ कार्यकुशलता सम्पन्न

शुक्रबार, माघ २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मकवानपुर । एक्सेस छैठौँ व्याचको सातौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला मकवानपुरगढी गाउँपालिका–३ मा रहेको जागरण बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा सम्पन्न भएको छ । एक्सेस् छैठौँ व्याचमा सहभागी ९ साकोसहरु महिला मिलन बचत साकोस.मकवानपुर, नवविकास साकोस रौतहट, प्रभात दिदिबहिनी साकोस चितवन, ग्रामिण पिप्ले साकोस चितवन, दिपज्योती साकोस चितवन, चित्रवन साकोस चितवन, महिला जनचेतना साकोस मकवानपुर, महिला अभियान साकोस मकवानपुर र आयोजक जागरण साकोस मकवानपुर गरी सम्पर्ण साकोसका प्रतिनिधि एवम् व्यवस्थापन प्रमुखहरुको सहभागितामा भएको कार्यक्रम जागरण साकोसका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का सचिव विरेन्द्रप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेफ्स्कुन कार्यक्रम अधिकृत बिदुर खड्काले सहजिकरण गर्नुभएको थियो । साकोसहरुबिच वित्तिय विश्लेषण सहित आगामी दिनमा एक्सेसका  सूचकहरु कसरी पूरा गर्दै जाने भन्ने बिषयमा छलफल गरि एक्सेस अडिटका लागि आवश्यक नीतिगत, विधिगत र प्रविधिगत कुराहरुमा कसरी तयारी भई लक्ष्य हासिल गर्ने विषयमा सहजकर्ता विदुर खड्काले प्रष्ट पार्नुभएको थियो । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र