आईतबार, जेठ ६
०२:१९

बुटवलमा २ दिने कोपोमिस तालिम सम्पन्न

शुक्रबार, माघ २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बुटवल । सहकारी विभाग र नेफ्स्कूनको सहकार्यमा रुपन्देहीको बुटवलमामा २ दिने सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) तालिम आज समापन भएको छ । समापन कार्यक्रमका अध्यक्ष नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहभागी ५१ साकोसका ५३ जनालाई प्रमाण पत्र वितरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेफ्स्कूनका प्रवक्ता एवम् एवम् रुपन्देही फिल्ड व्यवस्थापन उपसमिति संयोजक बरिष्ठ उपाध्यक्ष ढकालले तालिममा सिकेको ज्ञान संस्थामा गएर कोपोमिस अद्यावधिक गर्न उतार्नुपर्नेमा जोड दिदैं कोपोमिस सहकारीहरुमा सुशासन, वित्तीय सक्षमता र गुणस्तरीयता वृद्धि गर्न प्रभावकारी हुने दाबी गर्नुभयो । उहाँले कोपोमिस अद्यावधिक गर्दा संस्था, अभियान र सरकारलाई पनि सहयोग पुग्ने दाबी गर्दै प्राथमिकताका साथ लागू गर्न आग्रह गर्नुभयो ।

कोपोमिस सुशासनसँग प्रत्यक्ष गाँसिएको धारणा बरिष्ठ उपाध्यक्ष ढकालको थियो । कार्यक्रममा रुपन्देही फिल्ड व्यवस्थापन उपसमितिका सदस्य कृष्ण प्रसाद पौडेल, सागर देवकोटा, शुभकान्त न्यौपानेले समेत सहभागीहरुलाई तालिममा सिकेको कुरालाई लागू गर्न ध्यानाकृष्ट गराउनुभयो भने प्रशिक्षक सहकारी विभागका लक्ष्मण राईले प्रशिक्षण तथा सहभागीहरुका तर्फबाट लक्ष्मी तिवारीले सिकाईको अनुभव सुनाउनुभएको थियो ।

समापन कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सन्दीप सापकोटा, प्रदेश बचत संघका अध्यक्ष एवम् नेफ्स्कूनका निवर्तमान सञ्चालक कृष्ण नेपाल, नेफ्स्कून रुपन्देही फिल्ड व्यवस्थापन उपसमिति सदस्य महेश्वर प्रसाद श्रेष्ठ, लक्ष्मण बेल्वासे, जिल्ला बचत संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराई लगायतको समेत सहाभागिता थियो । तालिमको सहजिकरण सहकारी विभागका लक्ष्मण राई  र नेफ्स्कूनकी कार्यक्रम अधिकृत रीता सुबेदीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन फिल्ड कार्यालय रुपन्देही इन्चार्ज राधा पोखरेलले गर्नु भएको थियो । हिजो दोस्रो दिनको स्थगित तालिम आज गरिएको हो । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र