आईतबार, जेठ ६
०३:४०

सामाजिक उत्तरदायित्वको कार्यक्रम गर्दै तरकारी फलफुल साकोसले मनायो २२ औं स्थापना दिवस

शुक्रबार, माघ २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । कालिमाटीस्थित तरकारी फलफुल बचत तथा ऋण सहकारी संस्था लि. ले सहकारी सामाजिक उत्तरदायित्वको कार्यक्रम सहित आफ्नो २२ औं स्थापना दिवस मनाएको छ । २०५६ साल माघ २१ गते स्थापित उक्त संस्थाले स्थापना दिवसको अघिल्लो दिन माघ २० गते मातातिर्थस्ति वृद्धाश्रमका १९ जना ज्येष्ठ महिलाहरुलाई न्यानो कपडा र तरकारी वितरण गरेको छ । यसैगरी, संस्थाले स्थापना दिवसको दिन मूल समारोह आयोजना गरी ज्येष्ठ सदस्य र एकल महिला गरी ८३ जना सदस्यलाई सामाजिक सुरक्षा भत्ताका रुपमा वार्षिक रुपमा प्रदान गरिने २ हजार रुपैयाँ प्रदान गरेको छ । यसैगरी, संस्थापक, पूर्व पदाधिकारी एवम् संरक्षित पुँजी फिर्ता कोषको रकम प्राप्त गर्ने उत्कृष्ट ४० जनालाई पनि सम्मान गरेको व्यवस्थापक विमला पुडासैनीले जानकारी गराउनुभयो ।

काठमाडौं जिल्लाभर कार्यक्षेत्र रहेको संस्थामा हाल १६ सय १५ सदस्य छन् भने ५५ करोड कारोबार रहेको छ । ६ करोड १५ लाख सेयर पुँजी रहेको उक्त संस्थामा ४२ करोड ऋण लगानीमा रहेको छ । संस्थाको जगेडा कोषमा हाल ४ करोड ७० लाख रुपैयाँ रहेको व्यवस्थापक पुडासैनीले बताउनुभयो । कालिमाटीको प्रसिद्ध तरकारी फलफुल बजारमा आबद्ध व्यवसायीहरुमा बचतको बानी विकास गर्ने तथा साथै खनखाँचो टार्ने उद्देश्यले ३० जनाबाट ३१ हजार ९ सय रुपैयाँ संकलन गरी स्थापित संस्थामा गत वर्षदेखि कार्यक्षेत्र भित्रका अन्य व्यक्तिहरुलाई पनि समेट्ने योजना सुरु भएको हो ।

संस्थाकी व्यवस्थापक पुडासैनीले अर्को वर्ष भित्र २ हजार सदस्य पुर्याएर बल्खु तरकारी वजार क्षेत्रमा सेवा केन्द्र खोल्ने योजना सुनाउनुभयो । संस्था हाल नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा  आधारित साकोस सुपरिवेक्षण कार्यक्रम CURBS मा आबद्ध रहेको नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीले बताउनुभयो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र