आईतबार, जेठ ६
०३:४०

सदस्य सेवा केन्द्र विस्तारमा सिवाईसी साकोसको जोड

बिहीबार, माघ २२
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बागलुङ । जिल्लाको सिवाईसी वचत तथा ऋण सहकारी संस्था लि. ले पर्वतको कुस्मा बजारमा १८औं सदस्य सेवा केन्द्र शुभारम्भ गरेको छ । गुप्तेश्वर सदस्य सेवा केन्द्रको नाममा आज उद्घाटित कार्यालयबाट भोलिदेखि सदस्य सेवा सुचारु हुने संस्थाले जनाएको छ । सोमबार मात्रै संस्थाले जैमिनी नगरपालिकामा एकै दिन दुई वटा सेवा केन्द्र विस्तार गरेको थियो भने बुधबार बेनी नगरपालिका–८, बेनीबजार म्याग्दीमा बेनी सदस्य सेवाकेन्द्र शुभारम्भ गरेको थियो । 

संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले धौलागिरि कार्यक्षेत्र रहेको सिवाईसीले कार्यक्षेत्रमा सेवा विस्तार गर्ने योजना अनुसार सेवा केन्द्र विस्तारमा जुटेको बताउनुभयो हुने खानेको पैसा हुँदा खानेसम्म पुर्याउने हुँदा खानेलाई हुने खाने बनाउने उद्देश्य अनुरुप सिवाईसीले आफ्नो सेवालाई प्रभावकारी बनाउँदै आएको उहाँको भनाई

१३ हजार सय ४१ जना शेयर सदस्य रहेको सिवाईसीमा २३ करोड ९८ लाख ९६ हजार तीन सय शेयर पुँजी, एक अर्ब २७ करोड १६ लाख २५ हजार सय ६५ बचत संकलन ९९ करोड २१ लख १७ हजार १८१ लगानी रहेको

सहकारीको एटिएम, मोवाईल बैंकिङ, क्युआर कोड, ट्याबलेट बैँकिङ, मिष्डकल,इटेलर लगायतका सेवाहरु सञ्चालनमा रहेको जानकारी दिनुभयो

सहकारीले २१ प्रकारका बचत ३५ प्रकारका ऋण सेवा, रेमिट्यान्स सेवाहरुसंगै शेयर सदस्यहरुलाई लक्षित गरि विभिन्न सामाजिक उत्तरदायित्वका आकर्षक योजनाहरु समेत समावेश गर्दै आएको

 

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र