आईतबार, वैशाख ३०
०२:३५

प्रकाशकीय: प्रतिबद्धता डिजिटल फड्कोको

शनिबार, साउन ३१
saccosaawaj

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि नेफ्स्कूनले ३३ औं स्थापना दिवसको अवसर पारेर नयाँ अभियानको थालनी गर्दैछ । सहकारी र सञ्चारबीचको सम्बन्धलाई थप मजबूत बनाउने उद्देश्यसहित बचत तथा ऋण सहकारीहरुको यो अभिभावक संघले आजबाट समग्र सहकारी अभियानको विकास, विश्वसनीयता र पथप्रदर्शनको पवित्र उद्देश्यसहित   www.saccosaawaj.coop.np डिजिटल पत्रिका शुभारम्भ गर्दैछ । सहकारी अभियानभित्र बाट सञ्चालनमा आएको यो पहिलो अनलाईन समाचार पोर्टल हो । यस अर्थमा आज इतिहास लेखिएको छ । इतिहासको जगमा विश्वसनीय, पठनीय, रोचक र तथ्यपरक  सामाग्रीहरुको माध्यमबाट थप उचाइँ हासिल गर्ने लक्ष्य डिजिटल पत्रिकाले लिएको छ । यो सहकारी क्षेत्रको डिजिटल यात्रामा सफलताको बलियो आधार अभियानको साथ र सहयोग हो । समाचारमा विश्वसनीयता, स्तम्भ सामाग्रीहरुमा नवीनता, विषयवस्तुमा विविधता र प्रस्तुतिमा रोचकताको बलमा यस अनलाईन अलग्गै पहिचान स्थापित गर्ने काममा जुटेको छ ।

सहकारीको सञ्जाल दिनानुदिन वृद्धि हुँदै गएको छ । तथ्याङ्क भन्छ– करिब ३५ हजार सहकारी संस्थाहरु अटाएको देशमा ६५ लाख सेवाग्राही सदस्यहरु छन् । १० खर्ब बढीको कारोबार छ । वित्तीय क्षेत्रमा करिब २० प्रतिशत योगदान गरेको सहकारी क्षेत्रले कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा ५ प्रतिशत योगदान गरेको छ । बचत तथा ऋण सहकारीको संख्या १४ हजार रहेको छ भने नेफ्स्कूनको सञ्जालभित्र प्रत्यक्ष रुपमा ४ हजार वित्तीय सहकारीहरु छन् । यस अनलाईनको उद्देश्य ३५ हजार सहकारीहरु मात्र नभई ६५ लाख सदस्यहरुका सहकारीकर्म, उपलब्धि, गुनासा र सम्भावनाहरुको यथोचित सम्बोधन हो ।

सहकारीको मुल ध्येय भनेको सदस्य सेवा हो । यसलाई केन्द्रमा राखेर हाम्रा अभियानहरु सञ्चालन हुनेछन् । सहकारीका समस्याहरु उजागर गर्ने, समाधानको खोजी गर्ने, सदस्यहरुलाई सहकारी सम्बन्धी गतिविधिहरु सम्प्रेषित गर्ने हाम्रो ध्येय हो भने सहकारी अभियानको पहिलो रोजाईको डिजिटल पत्रिका बन्ने हाम्रो परिकल्पना हो । सहकारीका राष्ट्रिय अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तको बहस पैरवी गर्दै सुशासन, पारदर्शीता, सदस्य केन्द्रीयता जस्ता विषय अनलाईनले प्रमुखताका साथ उठान गर्नेछ । बाटो बिराएकाहरुलाई पथप्रदर्शन गर्ने र अग्रणी काम गरेकाहरुलाई प्रोत्साहन गर्ने अभिभारा बोकेको यस अनलाईन सहकारी संस्था, सञ्चालक, सदस्य, लगायत सबैको साझा डिजिटल मञ्च बन्ने कोशिसमा रहनेछ । 

नेफ्स्कूनको होस्टेमा सबैको हैंसे आवश्यक छ । सहकारीका गतिविधिहरु ओझेलमा पारिनु हुँदैन, राष्ट्रिय अर्थतन्त्रको एउटा स्तम्भको भूमिका गौण छैन र यसको भविष्य उज्ज्वल छ भन्ने प्रमाणित गर्न यो डिजिटल पत्रिकाले कुनै कसर बाँकी राख्ने छैन । कोभिड–१९ को महाव्याधिबाट आक्रान्त बनिरहेको समयमा सहकारीमार्फत कृषि, रोजगारी र पर्यटन प्रवर्द्धनका सम्भावनाहरु प्रशस्त रहेकोतर्फ सरोकारवालाहरुको ध्यान आकृष्ट गराउन पनि यसले आफ्नो कलम चलाउने छ । व्यावसायिक पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको भूमिका सबल, सक्षम र दीगो बनाउने दिशामा निरन्तर भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दछौं । प्रविधिले छिटो र लामो पाइला चालेको अहिलेको अवस्थामा पत्रकारिता पढ्ने भन्दा बढी हेर्ने र सुन्ने दिशातर्फ मोडिएको छ । नेफ्स्कून पनि सहकारी पाठक, दर्शक र श्रोताको मागअनुरुप आफ्नो अनलाइनलाई सोही दिशाउन्मुख गराउने प्रतिबद्धता व्यक्त गर्दछ । पत्रकारिताको परम्परागत धार परिवर्तन गरेर अग्रगामी सोचका साथ नवीन प्रविधिहरुको प्रयोगमार्फत सुरुचिकर बनाउने हाम्रो प्रण रहनेछ । धन्यवाद । जय सहकारी ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र