शनिबार, वैशाख २९
०३:२२

बेलाको बोलीः नेफ्स्कून स्थापना दिवस साथमा डिजिटल पत्रिका शुभारम्भको शुभकामना

शनिबार, साउन ३१
saccosaawaj

नेफ्स्कून स्थापना दिवस एवम् डिजिटल पत्रिका saccosaawaj.coop.np को शुभारम्भको अवसर पारेर सहकारी अभियान र यससँग प्रत्यक्ष परोक्ष जोडिनुभएका सहकारीकर्र्मी र साकोसकर्मीहरुले बधाई, शुभकामना तथा भविष्यमा थप सफलताको कामना गर्नुभएको छ । उहाँहरुको शुभकामना र विचारको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं ः

मीनराज कँडेल
अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ

नेफ्स्कून नेपालका बचत तथा ऋण सहकारी संस्थाहरुको शीर्षस्थ निकाय हो । यसको इतिहासलाई वर्तमानसँग तुलना गर्ने हो भने आकार, गुण, व्यवस्थापन र गतिशीलतामा उल्लेख्य वृद्वि भएको छ र अबको दिनमा प्रभावकारीता थप बढ्दै जाने अपेक्षा र कामना गर्दछु । नेफ्स्कून दिवसका अवसरमा यसका अध्यक्षसहित सञ्चालक समितिका सबै सदस्य, लेखा समितिका सदस्यहरु, व्यवस्थापन समितिका सदस्य एवंम देशभरका सबै कर्मचारी तथा यसमा आबद्ध साकोसहरुलाई हार्दिक शुभकामना दिन चाहन्छु । उहाँहरु सबैले सहकारीको दर्शन, सिद्धान्त, आचरण र कार्यपद्धति भित्र रहेर आफ्ना गतिविधिलाई थप शसक्त बनाएर लानु हुनेछ भन्ने आशा गर्दछु । यसैगरी, भविष्यमा सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ र नेफ्स्कूनबीचको हार्दिकता थप प्रभावकारी हुदै जाने पनि मैले विश्वास लिएको छु । साथै यसले शुभारम्भ गर्न लागेको अनलाइन समाचार पोर्टलको पनि सफलताको शुभकामना ।

 

दक्ष पौडेल सुवास
सह–अध्यक्ष, राष्ट्रिय सहकारी विकास बोर्ड
हरिहरभवन, पुल्चोक

नेफ्स्कूनको ३३ औं स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । नेपालको बचत तथा ऋण सहकारी मात्र नभई समग्र सहकारी अभियानको उन्नति र प्रगतिमा नेफ्स्कूनको भूमिका महत्वपूर्ण छ र यो भूमिका आगामी दिनमा थप विशेष हुने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । यसैगरी, स्थापना दिवसको अवसर पारेर यसले अनलाइन समाचार पोर्टल सञ्चालन शुभारम्भ गर्न लागेकोमा उक्त अनलाइनको सफलताको पनि व्यक्तिगत साथै राष्ट्रिय सहकारी विकास बोर्ड परिवारको तर्फबाट कामना गर्दछु । saccosaawaj.coop.np ले सहकारी क्षेत्रका सम्पूर्ण गतिविधिहरु समेट्दै अभियानको उन्नति र प्रगतिमा उल्लेख्य योगदान भूमिका खेल्ने अपेक्षा समेत व्यक्त गर्दछु । 

                                                     डा. टोकराज पाण्डे
                  
रजिष्ट्रार, सहकारी विभाग 

सर्वप्रथम म नेफ्स्कूनलाई ३३ औं वर्ष प्रवेशको हार्दिक शुभकामना दिन चाहन्छु । लामो र कठीन यात्रा पार गर्दै नेफ्स्कून यो परिपक्कताको अवस्थामा आइपुग्नु पक्कै खुसीको कुरा हो । यस अवसरमा म समस्त सहकारीकर्मीहरुलाई सहकारीका सिद्धान्त, मूल्य  मान्यता, नियम र कानूको परिधिभित्र रहेर थप प्रभावकारी रुपमा अभियानलाई अघि बढाउने प्रेरणा जागृत होस भन्ने कामना गर्न चाहन्छु । यसका साथै सहकारी अभियानलाई थप शसक्त ढंगबाट अघि बढाउने विषयका साथै सामयिक सान्दर्भिक मुद्दाहरुमा एउटा महत्वपूर्ण केन्द्रीय निकायका रुपमा यसको सक्रिय भूमिकाको अपेक्षाका साथ उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु । साथै यसले डिजिटल पत्रिकाको शुभारम्भ गरेकोमा पनि शुभकामना दिन चाहन्छु । सहकारी क्षेत्रमा आबद्ध सबै र गैर सहकारी क्षेत्रमा भएकाहरुलाई पनि सहकारी सम्बन्धमा आवश्यक विषयवस्तु र समाचारहरु प्रकाशन गर्दै अभियानको हितमा काम गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

                                                                         
कैलाशभक्त प्रधानाङ्ग 
पूर्वअध्यक्ष, नेफ्स्कून

नेफ्स्कूनकोे राष्ट्रिय अन्तराष्ट्रिय प्रभाव र प्रतिष्ठा उच्च छ । एशियाली ऋण महासंघ र विश्व ऋण परिषद्को सदस्य बनेको छ । सहकारीका राष्ट्रिय तथा अन्तराष्ट्रिय मूल्य र सिद्धान्तहरुको पालनामा प्रतिबद्ध छ । कोभिड १९ माहामारीको संकटका समयमा पनि अनलाइन मार्फत नियमित तालिम तथा शिक्षाका कार्यक्रमहरु चलाएर नेफ्स्कूनमा आबद्ध संस्थाहरु सञ्चालनमा सहज बनाउन, स्थायीत्व दिन र दीगो बनाउनका लागि नेफ्स्कूनको भूमिका राम्रो भएको मैले देखेको छु । नेफ्स्कूनले अहिले जे गरिरहेको छ, जनशक्ति, भौतिक सम्पत्ती सबै कुरालाई हेर्दा नेफ्स्कूनको प्रगति राम्रो छ । भविष्यमा पनि सहकारी क्षेत्रमा नेफ्स्कून प्रतिको विश्वसनीयतामा कमी हुदैन भन्ने मलाई लागेको छ । संघले सहकारी क्षेत्रमा विश्वास निर्माण गर्दै सम्पूर्ण बचत ऋण अभियानलाई दीगो, सबल र सुशासन कायम गराएर अगाडि बढ्न सकोस् भन्दै ३३औं स्थापना दिवसको अवसरमा संघको सफलता, उन्नती र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।  

ऋषिराज घिमिरे
पूर्व अध्यक्ष एवम् सल्लाहकार, नेफ्स्कून 

नेफ्स्कूनको ३३ औं स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना छ । सहकारीका केन्द्रीय संघहरुमध्ये यसको भूमिका अग्रणी छ । यसको इतिहास एकदमै बलियो छ । जग बलियो भएका कारण नेफ्स्कूनको घर बलियो छ । यसलाई अबका दिनमा थप बलियो बनाउँदै लानुपर्ने जिम्मेवारी नयाँ नेतृत्व र व्यवस्थापनसँग छ । स्तरीकरणका कार्यक्रमहरुलाई प्रभावकारी बनाउँदै तालिम शिक्षाका कार्यक्रमसँगै सञ्जाल विस्तारको कामलाई तीब्रता दिनुपर्ने हुन्छ । आजबाटै सुरु हुने आधारशीला कार्यक्रमको पनि सफलताको कामना गर्दछु । सीटीइभीटीसँगको सम्बन्धनमा सहकारी व्यवस्थापक कोर्ष सञ्चालनको खबरले पनि थप उत्साहित बनाएको छ । यसलाई विस्तार गर्दै लानुपर्दछ ।

यसैगरी, नेफ्स्कूनले डिजिटल समाचार पोर्टल सुरु गर्न लागेकोमा समेत एकदमै खुसी लागेको छ । सहकारी अभियानका सबै गतिविधिहरु यसले समेट्दै सहकारी मैत्री समाज निर्माणमा सहयोग गरोस् भन्ने कामना गर्न चाहन्छु । सहकारी समुदायको नभई नहुने साथी हो भन्ने भावना सञ्चार गर्न अनलाईनको भूमिका महत्वपूर्ण हुन्छ ।

डी.बी.बस्नेत

पूर्व अध्यक्ष एवम् सल्लाहकार, नेफ्स्कून 

नेपालको बचत ऋण अभियानको एक मात्र अभिभावक संघ हो नेफ्स्कून । नेफ्स्कून आज ३३औं बर्ष प्रवेशको अवसरमा छ, आज जुन रुपमा संघले साकोस अभियानलाई एउटा निश्चित गन्तव्यमा पु¥याउने लक्ष्यका साथ अगाडि बढेको छ, अभियानको उच्चतालाई कायम गर्दै जुन उचाइ हासिल गरेको छ, त्यसमा अग्रजहरुको मार्गनिर्देशन र बर्तमान नेतृत्व पंक्ति र व्यवस्थापन कर्मचारीहरुको लगन र प्रतिबद्धता महत्वपूृर्ण छ । नेफ्स्कूनको ३३औं बर्ष प्रवेशको अवसरमा संघ र संघ आबद्ध सम्र्पूण बचत तथा ऋण सहकारी संस्थाहरुप्रति हार्दिक शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । संघको यस ३३औं बर्ष प्रवेशसँगै नेपालको बचत अभियानमा नेफ्स्कूनको ओजपूर्ण उपस्थिति रहोस्, नेपालका सबै बचत तथा ऋण सहकारी संस्थाहरुलाई संघको छाताभित्र ल्याएर साकोसहरुको दीगो विकास प्रबद्धर्न तथा गुणस्तर सुनिश्चितता कायम गर्न सफलता मिलोस् यही शुभकामना व्यक्त गर्दछु ।  

केबी उप्रेती
अध्यक्ष, राष्ट्रिय सहकारी बैंक

नेफ्स्कून ऐतिहासिक संस्थाका रुपमा सहकारी ऐन २०४८ आउनुअघि नै स्थापना भएको हो । यसको माध्यमबाट धेरै सहकारी संघ÷संस्थाहरुमा सुशासन र वित्तीय अनुशासनको प्रवद्र्धन भएको छ । यसैगरी, यसले उपल्लो तहमा सहकारी अभियानलाई अघि बढाउन बहस पैरवीमा खेलेको भूमिका पनि अत्यन्त महत्वपूर्ण छ । केन्द्रीय निकायका रुपमा भोलीका दिनमा यसले आफ्ना भूमिकालाई थप प्रभावकारी बनाएर लाने छ भन्ने विश्वास राखेको छु । वित्तीय कारोबार गर्ने संघ संस्थाको संख्या दिनप्रति दिन बढ्दै गइरहेको सन्दर्भमा तिनमा वित्तीयसुशासन कायम गर्ने सवालमा यसको भूमिका बढ्दै जाने भएकाले त्यस कार्यमा  खरो उत्रन सकोस भन्ने कामना गर्न चाहन्छु । भोलीका दिनमा राष्ट्रिय सहकारी बैंक लगायत सहकारीका अन्य विषयगत केन्द्रीय निकायहरुसँग थप समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता समेत म देख्छु । नेफ्स्कूनलाई स्थापना दिवस र अनलाइन समाचार पोर्टलको शुभारम्भको अवसरमा व्यक्तिगत एवम् बैंक परिवारका तर्फबाट उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

खेम बहादुर पाठक
अध्यक्ष, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.    
धोविघाट, ललितपुर

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको ३३ औं स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । सहकारी अभियानको विकास र विस्तारमा नेफ्स्कूनको महत्वपूर्ण भूमिका छ । कारोबार र सदस्यहरुको आधारमा पनि वित्तीय सहकारीहरुको प्रभाव र भूमिका उल्लेख रहेको सबैलाई ज्ञात भएको विषय हो । सोही कारण पनि सहकारी अभियानको दिशाबोधमा नेफ्स्कूनको अझ शसक्त भूमिकाको हामी सबैले अपेक्षा राखेका छौं । यसैगरी, नेफ्स्कूनले डिजिटल पत्रिका शुभारम्भ गर्न लागेकोमा पनि शुभकामना व्यक्त गर्न चाहन्छु । अनलाइन समाचार पोर्टलले सहकारीका सबै विषयगत क्षेत्र र निकायका गतिविधिहरु समेट्न सकोस् भन्ने कामना गर्न चाहन्छु । सहकारी निकायबाटै प्रविधिमा आधारित अनलाइन सञ्चालन गरिनु हामी सबैका लागि खुसीको कुरा हो ।

चन्द्रप्रसाद ढकाल
बरिष्ठ उपाध्यक्ष एवम् संयोजक सञ्चार उपसमिति, नेफ्स्कून

आज हाम्रा लागि ऐतिहासिक दिन हो । संस्थापक अध्यक्ष स्वर्गीय भोजराज घिमिरेले देखेको सपनाले आज ३२ वर्ष पार गरेर सफलताको ३३ वर्षारोहण गरेको छ । नयाँ वर्ष प्रवेशसँगै थप जिम्मेवारीबोधका साथ सहकारी र बचत तथा ऋण सहकारी अभियानको क्षेत्रमा खटिने उर्जा प्रदान गरेको छ । विगत लामो समयको सघन गृहकार्यपछि नेफ्स्कून समाचार पोर्टल सुरु गर्न सफल भएको छ । यो सहकारी क्षेत्रको पहिलो र आफ्नै समाचार पोर्टल हो । यसका खुराकहरु सत्य तथ्य खोजमूलक र बिश्लेषणमा आधारित रहनेछन् । यो सञ्चार माध्यम सहकारी र सञ्चार जोड्ने पुल बन्ने विश्वास हामीले लिएका छौं । यसमा सहकारी अभियानको साथ र सहयोगको अपेक्षा गरेका छौं । समयक्रमसँगै यसलाई परिमार्जित र परिस्कृत बनाउँदै लाने नेफ्स्कूनको प्रण छ । यसका सामाग्रीहरुबाट लाभ लिने, कार्यक्रम र गतिविधिहरु प्रचार प्रसार गर्ने र विज्ञापनमा सहयोग गर्ने कार्यमा सबैको भूमिकाको अपेक्षा गर्दछु ।
शान्ती अधिकारी
उपाध्यक्ष, नेफ्स्कून

लामो समयदेखि साकोस आवाज पत्रिका प्रकाशन गर्दै आएको नेफ्स्कूनले आजबाट डिजिटल समाचार पोर्टल  सञ्चालन गरेको छ । सूचना प्रविधिको युगमा यो ठूलो छलाङ हो । यसले सहकारीका सबै गतिविधिहरु समेट्नुका साथै संरक्षण, सम्वद्र्धन र प्रर्वद्धन गर्ने भएकाले अभियानलाई नै सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । इन्टरनेटको पहुँच विस्तार र प्रविधिको प्रयोगमा सहजताका कारण अनलाईन सञ्चारमाध्यमको प्रभावकारीता बढिरहेको परिप्रेक्ष्यमा नेफ्स्कूनको यो कदम प्रशंसनीय छ । समग्र सहकारी अभियानको नेतृत्वदायी सञ्चारमाध्यम बन्ने दिशातर्फ यसको प्रयास रहने विश्वास गर्न सकिन्छ । यसको सफलताको अग्रीम शुभकामना ।

दामोदर अधिकारी
महासचिव, नेफ्स्कून

नेफ्स्कूनले ३३ औं स्थापना दिवसको अवसर पारेर सहकारी अनलाईन समाचार पोर्टल सुरु गर्न लागेकोमा हर्षित छु । अनलाईन समाचारको प्रभावकारिता बढिरेहेको सन्दर्भमा देशभरका बचत तथा ऋण सहकारीहरुको छाता संगठनले यस दिशातर्फ पहल गर्नु राम्रो काम हो । यसले सहकारीलाई मात्र होइन सञ्चार क्षेत्रलाई पनि प्रत्यक्ष सहयोग गर्ने विश्वास लिन सकिन्छ । सहकारीका सत्य तथ्य गतिविधिहरुलाई निस्पक्ष र इमान्दार ढंगले समेट्ने अनलाईन सञ्चारमाध्यमको रिक्तता यसले पुर्ति गर्ने छ भन्ने मैले ठानेको छु । सहकारीका सम्बन्धमा अहिलेसम्म समेट्न नसेकेका तर महत्वपूर्ण गतिविधि, सफलताका कथा, वित्तीय कारोबार, सदस्यका सत्प्रयास र सम्भावनाहरु, रोचक र उत्प्रेरित गर्ने खालका अनौपचारिक गतिविधिहरु समेत यो अनलाईनले समेट्नु पर्छ जस्तो मलाई लाग्छ । यसले सहकारी अभियानको विश्वास जित्न सकोस् भन्ने कामना समेत गर्न चाहन्छु ।
दिपक पनेरु
कोषाध्यक्ष, नेफ्स्कून

सञ्चार र सहकारी क्षेत्रको सम्बन्ध अन्योन्याश्रित छ । यही सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले नेफ्स्कूनले आफ्नो ३३ औं स्थापना दिवसको अवसर पारेर अनलाईन समाचार पोर्टल सुरु गर्न लागेको छ । यो अत्यन्त खुसीको कुरा हो । यसले बचत तथा ऋण सहकारीको क्षेत्रमात्र नभई समग्र सहकारी अभियानलाई नै समेट्ने प्रयास सुरु गर्दैछ । यसले सबै सहकारीकर्मीहरुलाई थप हौसला र उर्जा प्रदान गरेको छ । यसले समग्र सहकारी अभियानका गतिविधिहरुलाई गहन र वस्तुपरक ढंगले समेट्दै राज्य, सहकारी सम्बद्ध निकायसँगै सदस्यहरुलाई सुसूचित गर्न सफल होस् भन्ने कामना गर्दछु । सहकारीका सम्बन्धमा मुलधारका सञ्चारमाध्यममा हिजोसम्म नअटाएका विषयवस्तुहरु अब यस वैधानिक र व्यावसायिक अनलाईनले समेट्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

ज्ञानु पौड्याल
अध्यक्ष, जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.
रुपन्देही

हामी बचत तथा ऋण सहकारीहरुको एक मात्र छाता संगठन नेफ्स्कूनलाई ३३ औं वर्ष गाँठको अवसरमा हार्दिक बधाई तथा भविष्यमा थप सफलताको कामना । नेफ्स्कूनले वित्तीय गैरवित्तीय सेवाहरु मार्फत हामी जस्ता प्रारम्भिक सस्था र जिल्लास्थित संघहरुलाई पनि सेवा प्रदान गर्दै आएको छ । ऋण र बचत सेवाहरुसँगै संस्थागत सुशासन र दीगोपनाका लागि नेफ्स्कूनले सञ्चालन गरेको गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुले वित्तीय अनुशासन र स्थायित्वमा महत्वपूर्ण भूमिका खेलेको छ । अबका दिनमा आफ्नो सञ्जाल विस्तारमा नेफ्स्कूनले थप सक्रिय भूमिका खेल्ने अपेक्षा गर्दछु । यसैगरी, डिजिटल पत्रिका कबअअयकबबधबव।अययउ।लउ प्रकाशनको अवसरमा पनि शुभकामना दिन चाहन्छु । सहकारी सञ्चार क्षेत्रमा यो अर्को फड्को मारेको छ नेफ्स्कूनले । अभियानका गतिविधिहरुले अब उचित स्थान र महत्व पाउने विश्वास लिएको छु ।

कृष्ण कुमार श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत, चन्द्रागिरी साकोस, 
चन्द्रागिरी नपा, थानकोट, काठमाडौं

नेफ्स्कूनको ३३ औं स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । वित्तीय सहकारीहरुलाई स्वस्थ्य, दीगो, पारदर्शी र अनुशासित बनाउने काममा नेफ्स्कूनको भूमिका महत्वपूर्ण छ । गुणस्तरीय विकासका लागि नेफ्स्कूनले सञ्चालन गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रमहरुले सदस्य संस्थाहरुलाई मार्गनिर्देश गर्ने काम गरेको मैले ठानेको छु । संस्थागत र व्यक्तिगत दुवै रुपमा म नेफ्स्कूनका विगत र वर्तमान परिवारसँग नजिक छु । यो अभिभावक संघको उन्नतिसँग समग्र मुलुककै सहकारी अभियानको भविष्य गाँसिएको छ । यसैगरी, यो संघले व्यावसायिक पत्रकारिता शुभारम्भ गर्न लागेको खबरले झनै उत्साह थपेको छ । सहकारीलाई सदस्य र आमजनमानसमा पु¥याउने काममा नेफ्स्कूनको डिजिटल पत्रिकाको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु ।

ईश्वर न्यौपाने
प्रमुख कार्यकारी अधिकृत
मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था
चरिकोट, दोलखा

नेफ्स्कूनले ३३ औं स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरुसँगै अनलाइन समाचार पोर्टल पनि शुभारम्भ गर्न लागेकोमा सफलताको कामना व्यक्त गर्न चाहन्छु । सहकारी क्षेत्रका गतिविधिहरुले अब नेफ्स्कूनको डिजिटल पत्रिकामा राम्रो स्थान पाउनेछन् भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । मोफसलका सहकारीकर्महरु पनि काठमाडौंबाट प्रकाशित हुने अनलाइन समाचार पोर्टलमा अटाउनुपर्दछ भन्ने मलाई लाग्छ । यसका लागि saccosaawaj.coop.np भन्ने को भूमिका महत्वपूर्ण हुन्छ । यसैगरी, हामी बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेफ्स्कून आजबाट ३३ औं वर्ष प्रवेश गरेकोमा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । मुलुकको वित्तीय क्षेत्रलाई विश्वसनीय, पारदर्शी, इमान्दार, प्रतिष्ठित र दीगो बनाउने अभियानमा नेफ्स्कूनको भूमिका थप सशक्त बन्नेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

मिलन ढकाल
संस्थापक अध्यक्ष, सहकारी म्यानेजर्स क्लब
पोखरा, कास्की


सर्वप्रथम नेफ्स्कूनलाई हार्दिक बधाई ३३ औं स्थापना दिवसको । देशभरका बचत तथा ऋण सहकारीहरुको अभिभावक संघ नेफ्स्कूनले आजका मितिसम्म सदस्य संस्थाहरुलाई शिक्षा, तालिम, गुणस्तर सुनिश्चितताका राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रमहरु, ऋण र बचत सेवा लगायत सहकारीका जल्दाबल्दा मुद्दाहरुमा बहस पैरवीको कामलाई निरन्तरता दिएको छ । यो अत्यन्तै प्रशंसनीय छ । नेफ्स्कूनले आफ्नो सञ्जाललाई थप बलियो र शसक्त बनाउँदै लानुपर्दछ । यसैबीच, नेफ्स्कूनले सहकारी क्षेत्रका सम्पूर्ण गतिविधिहरु समेटेर छुट्टै अनलाईन समाचार पोर्टल सुरु गर्न लागेको खबरले हामीलाई थप उत्साहित बनाएको छ । नेफ्स्कूनसँगै डिजिटल पत्रिकाको सफलताको कामना गर्दछु ।

डम्बरसिंह बस्नेत
अध्यक्ष, सहकारी म्यानेजर्स क्लब
पोखरा, कास्की

नेफ्स्कूनको स्थापना दिवसको अवसरमा सहकारी म्यानेजर्स क्लब कास्की र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक शुभकामना व्यक्त गर्दछु । नेफ्स्कूनको प्रगति र विकासको साक्षी हुन पाउँदा हामीलाई पनि गर्व लागेको छ । यी ३ दशकभन्दा बढीको अवधिमा नेफ्स्कूनले सबै क्षेत्रमा उल्लेख्य प्रगति गरेको देख्दा हामी सहकारीकर्मीहरुलाई थप उत्साह र उर्जा प्रदान गरेको छ । यसैगरी, नेफ्स्कूनले स्थापना दिवसकै अवसरमा सहकारी क्षेत्रका सम्पूर्ण गतिविधिहरु समेट्ने गरी डिजिटल पत्रिका प्रकाशन गर्न लागेकोमा प्रगति र सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु । उक्त अनलाईनले काठमाडौं बाहिरका सहकारी गतिविधिहरुलाई पनि महत्वका साथ समेट्न सफल होस् भन्ने कामना गर्दछु ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र