शनिबार, वैशाख १५
०१:५६

बर्दियामा सञ्जाल सम्बन्ध र संस्थागत विकास सम्बन्धी अन्तरक्रिया सम्पन्न

बुधबार, पुस २९
साकोसआवाज प्रतिनिधि
saccosaawaj


बर्दिया । जिल्ला बचत  संघ  बर्दियाको आयोजना  र नेफ्सकून को सहयोगमा पुस २८ गते बर्दियामा  सन्जाल सम्बन्ध  र समन्वयका लागि  संस्थागत विकास सम्बन्धी  बृहत् अन्तरक्रिया  सम्पन्न भएको छ । बर्दिया  जिल्लाका  ४० साकोसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

संस्थातग विकास तथा सामाजिक सुरक्षा कोष अभिमुखिकरण कार्यक्रम बर्दिया जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता सम्पन्न भएको छ ।

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले बचत तथा ऋण सहकारी सञ्चालनमा प्रभावकारिता ल्याउन, आबद्ध सदस्य संस्थाहरुलाई प्रदान गरिने तालिम शिक्षा तथा सेवाहरुमा एकरुपता ल्याउन र साकोस अभियानको पहुँच जिल्ला संघमार्फत स्थानीय स्तरसम्म अभिवृद्धि गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले जिल्ला बचत संघ सवलिकरणका लागि साझेदारी कार्यक्रमहरु तत्काल सञ्चालन ब्यवस्थापन गर्न आग्रह गर्दै साकोस र जिल्ला बचत संघ वित्तीय ब्यवस्थापन र सुशासनमा समेत सचेत र सक्रिय बन्न अनुरोध गर्नुभयो । 

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य उदय केसी, जिल्ला संघका अध्यक्ष गोपाल पौडेल, जिल्ला बचत संघका उपाध्यक्ष विजय शाह, बर्दिया कृर्षि सहकारी संघका सचिव डम्बर केसी, चुरे क्याम्पस प्रमुख कृष्ण प्रसाद पौडेल, सिटिजन लाईफ इन्सोरेन्सका क्षेत्रिय प्रमुख धोज बहादुर खड्का, जिल्ला संघको सञ्चालक सदस्य नवराज ढुगाना, पत्रकार महासंघका बर्दियाका सचिव भावुक योगी, राष्ट्रिय सहकारी बैकका भुरिगाउ शाखा प्रमुख किरण केसी लगायत बर्दिया जिल्ला बचत तथा ऋण सहकारी संघ लि। का सदस्यहरु सहित कुल ४० सहकारी संस्थाबाट ८२ जनाकोको सहभागिता थियो । 

 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र