शुक्रबार, वैशाख १४
११:४३

 बाँके जिल्ला बचत संघको १९ औ बार्षिक साधारण सभा तथा सदस्य समन्वय विस्तार गोष्ठी सम्पन्न

मंगलबार, पुस २८
साकोसआवाज प्रतिनिधि
saccosaawaj

बाँके । बाँके जिल्ला बचत संघको १९ औ बार्षिक साधारण सभा तथा सदस्य समन्वय विस्तार गोष्ठी नेपालगंजमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश बचत सघंका बरिष्ठ उपाध्यक्ष तथा बाँके जिल्ला बचत सघंका अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षता, नेफ्स्कून महासचिव तथा फिल्ड ब्यवस्थापन उप–समिति संयोजक दामोदर अधिकारीको प्रमुख आतिथ्यता पुस २६ गते कार्यक्रम उद्घाटन भएको थियो । लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष एवम् जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदी, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष एवम् बचत संघका संस्थापक अध्यक्ष मिना सिग्देल, राष्ट्रिय सहकारी विकास बोडका पूर्व सदस्य देव बहादुर के.सी, बाँके जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सदस्यहरु सहित कुल ४० सहकारी संस्थाबाट ४८ जनाकोको उपस्थिति रहेको थियो । 

गोष्ठीमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले जिल्ला संघ सबलीकरणका लागि नेफ्स्कून र जिल्ला बचत संघ साझेदारी कार्यक्रम विकास गरी कार्यान्वयनमा रहेको जानकारी गराउनुभयो । उहाँले जिल्ला बचत संघ सबलीकरणका लागि साझेदारी अन्र्तरगत कार्यक्रमहरु तत्काल सञ्चालनको ब्यवस्थापन गर्न आग्रह गर्नुभयो । साकोस र संघ वित्तीय ब्यवस्थापन र सुशासनमा सदैव सचेत र सक्रिय रहन अनुरोध गर्नुभयो । नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रममा सहभागी भएकोमा बधाई दिदैं अब बाँके जिल्लाको साकोस अभियानले नयाँ गति लिने र नेफस्कूनले हर प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेफ्स्कूनले सञ्चालनमा ल्याएका गुणस्तर सुनिचितताका कार्यक्रमहरुमा सहभागी भई अगाडि बढ्न सबैलाई आव्हान गदै संस्थालाई परेको बेला सम्पूर्ण सहयोग गर्न नेफ्स्कून तयार रहेको धारणा ब्यक्त गर्नुभयो । 

लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष एवम् बचत संघका संस्थापक अध्यक्ष मिना सिग्देलले बचत संघको सक्षमता विकास र गतिशिलताका लागी आवश्यक पुँजी प्रबन्ध गर्न सवै सदस्य सहकारी र अभियानले निरन्तर सहकार्य गर्न अनुरोध गर्नुभयो । लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष एवम् जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदीले साकोस र सदस्यहरुको आर्थिक विकासलाई दीगो र तीब्र गतिमा अगाडि बढाउन नेफ्स्कूनमा आबद्धता र तालिम तथा गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा साकोसलाई अनिवार्य सहभागिता आवश्यक रहेको बताउनुभयो । 

राष्ट्रिय सहकारी विकास बोडका पूर्व सदस्य देव बहादुर केसीले संस्थाले संस्थागत विकास र सुशासन कायम गर्न सहकारी अघि बढ्न पर्ने अपरिहार्य रहेको बताउनुभयो ।
बचत संघको १९ औ बार्षिक साधारण सभा तथा सदस्य समन्वय विस्तार गोष्ठीको औपचारिक सञ्चालन बचत संघका सचिब प्रेम बहादुर शाहज्यूले र स्वागत मन्तव्य बचत संघ सञ्चालक सदस्य हिरा खनाल ज्यूले गर्नुभएको थियो । सदस्य समन्वय विस्तार कार्यक्रमको सहजिकरण संघका बरिष्ठ अधिकृत दिपक प्रसाद ढुंगानाले गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र