शनिबार, वैशाख १५
०२:०६

“उत्पादन उप्रान्त तरकारीबालीको व्यवस्थापन र क्षति न्यूनिकरण” सम्बन्धी २ दिने कार्यक्रम भक्तपुरमा सुरु

बिहीबार, मंसीर ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । नेफ्स्कूनको आयोजना, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) नेपालको वित्तीय सहयोग एवम् भक्तपुरको नगदेशस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.को व्यवस्थापनमा “उत्पादन उप्रान्त तरकारीबालीको व्यवस्थापन र क्षति न्यूनिकरण ” सम्बन्धी २ दिने कार्यक्रम आज शुरु भएको छ । सहकारीमार्फत परम्परागत कृषि प्रणालीमा समय सापेक्ष परिवर्तन गर्दै कृषिमा यान्त्रिकीकरण, प्रविधिमैत्री बजारीकरणमा, नवीन पद्धतिहरुको पहिचान र प्रयोगसँगै सदस्य र समुदायको आर्थिक समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले आइएलओ नेपालसँगको रणनीतिक साझेदारीको कार्यक्रम अन्तर्गत आज किसानहरुको सहर भक्तपुरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कृषिलाई नै मूल कर्म र धर्म बनाइरहनुभएका सहयोगी साकोसका २५ सदस्यहरुका लागि कृषिमा व्यावसायिकीकरणमा सहजिकरणको उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन नेफ्स्कूनमा पूर्व अध्यक्ष एवम् सहयोगी साकोसका अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले गर्नुभएको थियो भने नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका बरिष्ठ कृषि अर्थ विज्ञ टेक प्रसाद लुइँटेल, सहयोगी साकोसका उपाध्यक्ष, सचिवसँगै नेफ्स्कूनकी लेखा, कार्यक्रम, अनुगमन अधिकृतहरुको समेत सहभागिता थियो ।

कार्यक्रममा नेफ्स्कूनका पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले भक्तपुरका किसानहरुलाई प्रविधि र आधुनिक एवम् व्यावसायिक कृषि खेतीका बारेमा नेफ्स्कूनले आयोजना गरेको कार्यक्रमले यथेष्ट जानकारी उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कृषिको आधुनिकीकरण अहिलेको आवश्यकता भएको समेत औल्याउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले कैलाशभक्त प्रधानाङ्गको प्रेरणा, साथ सहयोग र पथप्रदर्शनको संस्मरण गर्दै उहाँले नेतृत्व गर्नुभएको साकोसका सदस्यहरुलाई नेफ्स्कूनको पहलमा नवीन कृषि पद्धतिका बारेमा सहजिकरण गर्न सकेकोमा प्रसन्नता व्यक्त गर्नुभयो । नेफ्स्कूनले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर उत्पादनशील क्षेत्रमा जोडिने प्रयास स्वरुप अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ० नेपाल, राष्ट्रिय युवा परिषद लगायतका निकायहरुसँग रणनीतिक साझेदारीको पहलकद्मी अघि बढाएको बताउनुभयो । महासचिव अधिकारीले मुलुकको स्वाधीनताको सुरुवात सबैभन्दा पहिले भान्सा कोठाबाट गर्नुपर्ने भन्दै भान्सामा पाक्ने सबै चीजहरु नेपाली माटोमा उत्पादन गर्न सके त्यो सम्भव हुने दाबी गर्नुभयो । कृषिको उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण र व्यवस्थापन महत्वपूर्ण हुने भन्दै उत्पादित बस्तु बजार पुर्याउने समयमा सही व्यवस्थापन नहुँदा क्षति भइरहेको उहाँले बताउनुभयो । महासचिव अधिकारीले कृषिमा आधारित उद्यम र उत्पादन विकासलार्य सहकारी अभियानले अघि बढाउनुपर्ने भन्दै त्यसको लागि नेफ्स्कून निरन्तर लाग्ने विश्वास दिलाउनुभयो । यसैगरी, नेफ्स्कूनले आफ्नो ५ औं रणनीतिक योजनामा पनि मुलुकको आवश्यकताको सम्बोधन गरेको जानकारी उहाँले गराउनुभयो ।  
नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुले मुलुकका अधिकांश नागरिक कृषिमा आश्रित भएपनि त्यसले जीविकोपार्जनका लागि मात्र ठीक भएको परिस्थितिमा समय सापेक्ष आधुनिक प्रविधि, शिक्षा र तालिमका माध्यमबाट यसलाई गतिलो आय आर्जनको पेशा बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले त्यसका लागि नेफ्स्कूनले साझेदार निकायहरुसँग समन्वय गर्दै बिशेष योजनाका साथ आफ्ना सदस्यहरुका लागि कृषि उद्यम सम्बन्धी विभिन्न कार्यक्रमहरु तर्जुमा गरेको बताउनुभयो । उहाँले दुई दिने प्रशिक्षण कार्यक्रममा सिकेका कुराहरु सिर्जनात्मक ढंगले व्यवहारमा लागू गरी सहभागीहरुले परिवर्तनको अनुभूति गर्नुहुने विश्वास व्यक्त गर्नुभयो । आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण आवश्यक भएको कोषाध्यक्ष पनेरुले उल्लेख गनुृभयो । 
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका बरिष्ठ कृषि अर्थ विज्ञ टेक प्रसाद लुइँटेलले कृषि क्षेत्रमा व्यावसायिकताको पहल गर्ने उद्देश्यका साथ नेफ्स्कूनले आइएलओ नेपालसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रमले साँच्चिनै सहभागी कृषकहरुलाई सहयोग पुर्याउने दाबी गर्नुभयो । नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीले सञ्चालन गर्नुभएको कार्यक्रममा संघकी लेखा अधिकृत मनकेशरी महर्जन र अनुगमन अधिकृत दिपक अर्यालले सञ्चालन सहयोग पुर्याउनुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र